बाढी डुवानबाट दाङका पच्चिस सय बढी घरमा क्षती

दिवाकर पोख्रेल
असोज २६,२०७९ देउखुरी : दाङमा बाढी र डुवानका कारण दुइहजार पाँचसय घरमा क्षती भएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुइहजार तीनसय बाह्र घरमा क्षती भएको आंशिक क्षेती भएको छ भने एकसय ९९ घरमा पूर्णरुपमा क्षती पुगेको छ ।

दाङको देउखुरी उपत्यकामा बाढी र डुवानले बढी क्षेती पु¥याएको हो । डुवानका कारण पाँचसय बढी गोठमा क्षती पुग्दा दुइहजार छसय पाँच पशु चौपायको मृत्यु भएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले दिएको जानकारी अनुसार जिल्लाभर बाढी र डुवानका मानविय क्षती पनि भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा छ जनाको मृत्यु भएको छ भने तीनजना वेपत्ता छन् । डुवानले उद्योग नौवटा कलकारखानामा पनि क्षती पुगेको हो ।

डुवानले पाकेको धानवालीमा पनि क्षती गरेको छ । जिल्लाभर कति धान वालीमा क्षेती भयो भन्ने विवरण नआएपनि देउखुरी उपत्यकाको अधिकाश क्षेत्रमा लगाइएको धान डुवेको बताइएको छ ।

स्थानीय सरकारबाट क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ । दाङको गढवा गाउँपालिका कृर्षि शाखा प्रमुख कर्ताराम यादवले पालिका भित्रका वडा नम्बर ८को कोइलावास क्षेत्रमा बाहेक सबै वडामा लगाइएको धानमा क्षती पु¥याएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धानको क्षतीको विवरण संकलन गर्न अझै तीनदिन लाग्नेछ । उहाँले भन्नुभयो, ‘क्षेतीको मुल्याङकन गर्न र विवरण संकलन गर्न समय लाग्न देखियो, अहिले नै मुल्याङकन गर्न सकिदैन हामी क्षेतीको विवरण संकलनमै व्यवस्थ छौ ।’

जिल्ला विपद व्यवस्थापन समितिबाट राहत र उद्धारको कामलाई पनि तिव्रता दिइएको छ । हाल सम्म जिल्लाभर सातसय ३४ जना डुवानमा परेकाहरुलाई उद्धार गरिएको छ ।

जसमा दुइसय ४१ जना महिला,तीनसय ५४ पुरुष र एकसय ४० जना वालवालिकाको उद्धार गरिएको हो । बुधबार देखि मौसम सफा भएकाले उद्धार र राहतको लागि सहज भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबारबाट उद्धार र राहतमा सहज भएको बताउनुभयो ।

उद्धार गरेका मध्ये धेरैजसो पानी डुवान कम भएपछि घर फर्केका छन भने केहि आफन्तकोमा शरण लिएका छन् । विभिन्न संघसंस्थाले राहत वाँड्न थालेका छन् । स्थानीय सरकारसंगको समन्वयमा एकद्धार प्रणाली मार्फत राहत उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय निर्देशन गरेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा