एमाले घमिरका उप-सचिव माओवादी केन्द्र प्रवेश

गुल्मी, ३० असाेज ।

नेकपा एमाले, मालिका गाउँपालिका -७ घमिरका उप-सचिव तारा बहादुर केसी नेकपा माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान माअाेवादी केन्द्रका जिल्ला संयाेजक एवम् गुल्मी-२ `ख´ का उम्मेदवार बुद्धि जिसी, गाउँपालिका अध्यक्ष देविराम अर्याल, नेता प्रेम भट्टराई लगायतले केसीलाई माअाेवादी केन्द्रमा प्रवेश गराएका हुन् । एमालेमा चरम व्यक्तिवाद हावी भएकाे एवम् गाेकर्ण विष्टले लगातार निर्वाचनमा जित हाँसिल गर्दापनि कुनै विकासकाे काम नगरेकाेले परिवर्तनकाे लागि आफू माअाेवादी केन्द्रमा प्रवेश गरेकाे केसीले बताए । त्यसका साथै नेता केसीलले आगामी मंसिर -४ सम्म आफू निरन्तर गठबन्धनकाे पक्षमा खुलेर प्रचार गर्ने पनि प्रतिवद्वता व्यक्त गरे । माअाेवादी नेता जिसीले मालिकाबासीकाे विकास र समृद्धिका लागि गठबन्धन सधै तयार रहेकाे बताएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा