हुमाकान्त पोखरेल, गुल्मी
३० असोज । गुल्मी क्षेत्र नम्बर–२ मा हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । आइतबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै पाण्डेले संसददेखि क्षेत्रगत एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।
‘बा–आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने’ भन्ने नाराका साथ चुनाव चिन्ह ‘लौरो’ पाएका पाण्डेले नागरिकको भावनालाई केन्द्रमा राखेर निर्णय लिने र कार्यान्वयन गर्ने, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालिको व्यवस्था गर्ने, कृषि प्रणालीलाई यान्त्रिकिकरण गरी उत्पादनको लागत घटाउनुको साथै उत्पादनमा आधारित अनुदान दिने, भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र र निष्पक्ष नागरिक आयोगको व्यवस्था गर्ने लगायतका एजेण्डा समावेश गरेका छन् ।
क्षेत्रगत एजेण्डातर्फ क्षेत्र नम्बर २ मा बिजुली तथा मोबाईल नेटवर्क समस्या समाधान गर्न पहल गर्ने, नियमितरूपमा बिजुलीबाट बन्चित भएका समुदायहरुका लागी सोलार बत्तीको व्यवस्थापन गर्ने, जेष्ठ नागरिकहरुलाई घरदैलोमै मासिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने लगायत रहेका छन् ।
हेर्नुहोस् एजेण्डाहरु जस्ताको तस्तै
- नागरिकको भावना र सार्वभौमिकतालाई केन्द्रमा राखेर निर्णय लिने, नीति निर्माण गर्ने र कार्यान्वयन गरिनेछ ।
- राजनैतिक स्थिरता र स्वाधीनताका लागि प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालिको ब्यबस्था गरिनेछ ।
- हाम्रो देशको भू- राजनैतिक अवस्था प्रति संबेदनशिल हुँदै दुई विशाल छिमेकीको सुरक्षा चासोमा खलल पुग्न नदिन हाम्रो प्रराष्ट्र नीतिको आधारशिला असंलग्न परराष्ट्र नीतिप्रतिको आस्था र बिश्वासलाई थप उँचाईमा पुर्याइने छ ।
- हाम्रो कृषि प्रणालीलाई यान्त्रिकिकरण गरि उत्पादनको लागत घटाउँनुको साथै उत्पादनमा आधारित अनुदान दिने तथा कृषकको कृषि ऋणको ब्याज स्थानीय तह मार्फत तिरिदिने र बजारीकरण गरिदिने ब्यवस्था मिलाइने छ । • भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र र निष्पक्ष नागरिक आयोगको व्यवस्था गरिनेछ ।
- बिदेशी ऋण तथा अनुदानहरुको प्रयोग उत्पादनशिल तथा पूर्वाधार बिकासमा मात्र उपयोग गर्ने नीति अवलम्वन गरिने छ ।
- देशका चिनारी साहित्यकार, कलाकार, खेलाडीहरुको उच्च सम्मान गर्दै उचित वृद्धि विकाशमा टेवा पुग्ने नीति बनाउन पहल गरिनेछ ।
- उत्पादनमुलक अर्थतन्त्रलाई जोड दिदै नेपाल र अन्तरास्ट्रिय स्तरमा समेत अत्याधिक माग रहेको पहाडी जडिबुटी, रक्तचन्दन, गाजा लगायत कृषिजन्य उत्पादनहरुलाई आवस्यक नीति तथा नियम बनाई व्यवसायिक उत्पादनको स्वीकृत प्रदान गरिनेछ ।
- उद्योग, शैक्षिक क्षेत्र, सार्वजनिक यातायात, उर्जा उत्पादन र बितरण जस्ता क्षेत्र बन्द हडताल गर्न पूर्ण प्रतिबन्ध लगाउँन कानुन तर्जुमा गरिने छ ।
- सामूहिक तथा सहकारी मार्फत कृषि तथा पशुपालनमा विशेष जोड दिइने छ । • न्यायलय सुधारका लागि पार्टीको भागबन्डाबाट न्यायाधीश नियुक्ती गर्ने वर्तमान अवस्थामा सुधार गर्ने नीति ल्याईनेछ ।
- आधारभूत तहको सुबिधाहरु शिक्षा, स्वास्थ्य, खानेपानी तथा बिजुली निशुल्क तथा गुणस्तरीय रुपमा उपलब्ध गराइने छ ।
- हाम्रो देशका विद्यार्थीहरुलाई अन्य देशका विद्यार्थीसामु प्रतिस्पर्धामा उत्रिन प्रबिधिमुलक शिक्षामा जोड दिइने छ ।
- पुजीबजारलाई लगानीकर्ता मैत्री बनाउन लगानीकर्ता सहित सम्पुर्ण सम्बन्धित निकायहरुको प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय पुजीबजार तथा लगानिकर्ता समस्या समाधान समिती गठन गरिनेछ ।
- यस क्षेत्रको बिजुली तथा मोबाईल नेटवर्क समस्या समाधान गर्न पहल गरिनेछ ।
- गुल्मीको कफि जिल्लाको विरासत कायम गर्न पहल गरिनेछ ।
- नियमितरूपमा बिजुलीबाट बन्चित भएका समुदायहरुका लागी सोलार बत्ती व्यवस्थापनमा पहल गरिनेछ ।
- धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पर्यटकीय हब बनाई व्यवसयीकरण गर्न पहल गरिनेछ ।
- श्रमदानको संस्कृति बसाल्न पहल गरिनेछ ।
- जेष्ठ नागरिकहरुलाई घरदैलोमै मासिक रुपमा स्वास्थ्य परिक्षणको व्यवस्थाका लागि पहल गरिनेछ ।
- सबै वडाका मुख्य सडकहरु स्तरउन्नत गरि नियमित आवागमनलाई सहज बनाउनुका साथै पुल निर्माणमा पहल गरिनेछ ।
- • ब्लड बैंक स्थापना गर्न पहल गरिनेछ ।
- योग तथा साधना केन्द्रहरु खोल्न पहल गरिनेछ ।
- • जलाधार र वन संरक्षणका लागि पहल गरिनेछ ।
- सबै स्थानीय तहबाट निःशुल्क रुपमा सीपमूलक तालिम प्रदान गरि स्वरोजगार बनाउन प्रोत्साहन गरिनेछ ।