माओवादी केन्द्र, गुल्मी क्षेत्र नम्बर १ ‘ख’ को बैठक सम्पन्न

०१ कात्तिक
नेकपा माओवादी केन्द्र, गुल्मी क्षेत्र नम्बर १ ‘ख’ को बैठक सम्पन्न भएको छ । सोमबार सम्पन्न बैठकमा आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनसम्बन्धि छलफल एवम् विभिन्न निर्णयहरु गरिएको छ । माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि पालिका एवम् वडाका कमिटीहरुलाई थप सक्रिय बनाउने, जनबर्गिय संगठनहरुलाई परिचालन गर्ने, समानुपातिकतर्फ आफ्नै पार्टीको पक्षमा मतदान गर्नेतर्फ सजक हुने लगायतका निर्णयहरु गरिएको उक्त क्षेत्रकी पार्टी संयोजक गीता थापाले जानकारी दिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज विर बहादुर कार्कीले अहिलेको निर्वाचन प्रतिगमनविरुद्धको निर्वाचन भएकोले ढुक्कसँग गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी प्रचार–प्रचार गर्न कार्यक्रताहरुलाई निर्देशन दिए । कार्यक्रममा पार्टीका जिल्ला समन्वय समिति सचिव अशोक थापा, सोही क्षेत्रका इन्चार्ज मनिराम ज्ञवाली, प्रदेश कमिटी सदस्य खुब बहादुर थापा, सोही क्षेत्रका सचिव रामचन्द्र कडेंल, नेता ठाकुर पाण्डे, असिम कडेंल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा