माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो, कात्तिक ४ गतेसम्म फिर्ता लिए कारबाही नहुने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) सत्ता गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समय यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको जानकारी दिनुभएकाे छ ।

माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज मङ्गलवार फेरि अर्को विज्ञप्तिमार्फत थप समय दिइ उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । यस समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा