spot_imgspot_img

प्रदेश सासंदका उम्मेदवार : विकासका पहरेदार

गुल्मी, सबैजसो दलहरु निर्वाचनमा होमिएका छन् । आगामी मंसिर ४ हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा दलहरु आ–आफ्ना एजेण्डा लिएर जनतामाझ पुगेका छन् । गुल्मीमा चार प्रदेश एवम् दुई प्रतिनिधिसभा सदस्यको लागि कुल ६२ उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ । जसमध्ये गुल्मी क्षेत्र नम्बर २ को लागि गठबन्धनबाट माओवादी केन्द्रका बुद्धि जिसीले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, गुल्मीको संयोजक समेत रहेका जिसी पहिलोपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । जिसीले ०४७ सालमा तत्कालिन मोटो मसालनिकट विद्यार्थीको भनभनेस्थित दिपक माविको अध्यक्ष भई राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि ०४८ मा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएका जिसी ०४९ देखि ५३ सम्म अखिल (क्रान्तिकारी) गुल्मीको दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका थिए ।

जनयुद्धको प्रचार गर्ने क्रममा अर्घाखाँचीबाट गुल्मी आउँदै गर्दा मदानेको बाँझकटेरीबाट प्रहरीले पक्राउ परी २९ दिन हिरासत बसेका थिए । त्यसपछि उनी अखिल भारत नेपाली एकता समाज, नेपाली जनअधिकार सुरक्षा समिति, पार्टीको राज्य समिति सदस्य, केन्द्रिय सदस्य लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रही क्रियशिल थिए । पछिल्लो समयमा नेकपा एमालेसँग पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा उनी प्रस्तावित जिल्ला सचिवको रुपमा नौ महिना काम गरेका थिए ।

त्यसपछि नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर २ ‘ख’ को इन्चार्जको जिम्मेवारीमा थिए । गत चैत ०२ गते बसेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको बैठकले जिसीलाई गुल्मी जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । जिसी संयोजक भएपश्चात जिल्लामा चार वटा पालिकाले माओवादी केन्द्रले जितेको छ । ०७४ मा १९ जना जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित भएकोमा ०७४ मा ७४ जना माओवादीको तर्फबाट निर्वाचित भएका छन् ।

नेकपा एकीकृत माओवादी, नेकपा एवम् माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहदा उनले जिल्लाको विकासको लागि विभिन्न काम गरेका छन् । धुर्कोट गाउँपालिका –२ पिलधारास्थित ज्ञानोदय मावि र दिपक माविको मावि स्वीकृत गराउने लगायतका काम गरेका थिए । त्यस्तै मदाने, मालिका, मुसिकोट लागायतका क्षेत्रका विभिन्न सडक, खानेपानी, विद्यालयका पूर्वाधार लगायतका काममा भूमिका खेल्दै आएका छन् । यसरी बुद्धि जिसी प्रदेश सासंदको उम्मेदवार मात्र नभएर परिवर्तनका संवाहक एवम् विकासका पहरेदार समेत हुन् ।

मतदातासँग भेटघाट गर्दै

प्रदेशलाई समृद्ध बनाउने सपना बोकेर उनी आगामी मंसिर –४ को लागि हुने निर्वाचनमा गुल्मी –२ ‘ख’ बाट उम्मेदवार बनेका छन् । ‘युवाहरुको रोजगारी मेरो पहिलो प्राथमिकता हो ।’ जिसीले भने, ‘सोहीअनुसार कानुन बनाउने कुरामा संसदमा भुमिका खेल्छु ।’ निर्वाचित भइसकेपछि विभिन्न सडक पिच गर्ने, खानेपानीको सहज पहुँच, गुणस्तरिय शिक्षा लगायतका बिषयलाई प्राथमिकताका साथ काम गर्ने जिसीले बताए । आफ्नो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र एवम् काँग्रेसको संगठन राम्रो भएको, गठबन्धन भएको तथा आफुले सधै जनताको हितमा काम गरेकोले निर्वाचन आफुले नै जित्ने जिसीले दाबी गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा