spot_imgspot_img

पूर्व विद्यार्थीद्धारा विद्यालयलाई विभिन्न सामग्री प्रदान

गुल्मी । मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनी स्थित खन्युखर्क आधारभूत विद्यालयमा पूर्व विद्यार्थीहरुले विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुले तीनवटा कम्युटर, एउटा प्रोजेक्टर, वाटर फिल्टर र कम्युटर टेबल प्रदान गरेका छन् । खन्युखर्क भुपु विद्यार्थी समुहका संयोजक बिमल घर्तीका अनुसार विद्यालयमा एक लाख ३५ हजार बढीको सामग्री उपलब्ध गराइएको छ ।

आफुहरुले शिक्षा आर्जन गरेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि आफुहरुको तर्फबाट सानो सहयोग गरेको घर्तीले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण घिमिरेले पूर्व विद्यार्थीहरुले विद्यालयलाई गरेको सहयोगप्रति आभारी रहेको बताए । पूर्व विद्यार्थीहरुको समुहले यसभन्दा अगाडी पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

सामग्री हस्तान्तरणपछि तस्विर खिचाउँदै

त्यस्तै दोस्रो चरणमा एक सेट कम्युटर, प्रिन्टर, फोटोकपि मेसिन, साउण्ड सिस्टम, सूचना पार्टी र फस्ट एड बक्स लगायतका सामग्री उपलब्ध गराएको थियो । कार्यक्रम संयोजक घर्तीको अध्यक्षता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष भेष बहादुर जिसीको विशिष्ट आतिथ्यता एवम् नन्दराम रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा