गुल्मी ।
बाम लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट गुल्मी क्षेत्र नम्बर -२ (ख) का उम्मेदवार एवम् माअाेवादी केन्द्रका गुल्मी जिल्ला संयाेजक बुद्धि जिसीले सडकलाई उत्पादन र राेजगारीसँग जाेड्ने बताएका छन् । साेमबार धुर्काेट गाउँपालिका -४ जैसिथाेकमा चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै नेता जिसीले गाउँगाउँमा पुगेका सडकलाई उत्पादन र राेजगारीसँग जाेड्ने बताए । `हामी निर्वाचित भइसकेपछि सडककाे स्तराेन्नती त गर्छाै ।´ नेता जिसीले भने, `सडक मात्रै बनाएर हुँदैन, त्यसलाई राेजगारीसँग जाेड्नुपर्छ, त्याे हामी गर्छाै ।´
सडक पक्की भइसकेपछि युवाहरूलाई राेजगारउन्मुख तालिम दिने र त्यसबाट राेजगार सिर्जना गर्ने नेता जिसीकाे भनाई छ । उत्पादित सामग्री उक्त सडकबाट निर्यात गर्ने र नागरिकलाई अर्थाेपार्जनतर्फ उन्मुख गर्ने जिसिकाे भनाइ छ ।