हिमाली भेगको मृत्यु संस्कारमा नयाँ चलचित्र

काठमाडौ‌ । यस अघि ‘गोर्खा बिनिथ द ब्रेभरी’ चलचित्र निर्देशन गरेर चर्चा कमाएका प्रदिप शाहीले यतीबेला हिमाली क्षेत्रमा बस्ने समुदायको मृत्यु संस्कारलाई समेटेर नयाँ चलचित्र ‘अन्तिम संस्कार’ निर्देशन गरेका छन् । उनको यो चलचित्रको हिमाली जिल्ला मुस्ताङमा आधा छायाँकन सम्पन्न भएको छ । चलचित्रको हिमाली भेगको छायाँकन सकेको छ ।

बृटिस गोर्खा सैनिकको सँघर्ष कथामा उनले बनाएको चलचित्र गोर्खा बिनिथ द ब्रेभरी गत महिना मात्र नेपालमा रिलिज भएको थियो । यो फिल्मले अन्तराष्ट्रिले अन्तराष्ट्रिय बजारमा चर्चा पाएपछि यसपटक लामा समुदायको अन्तिम संस्कारको कथालाई समेटेर सामाजिक चलचित्र निर्देशन गरिरहेको प्रदीपले बताएका छन् । यो चलचित्रलाई पनि अन्तराष्ट्रिय बजारमा पठाउने उनको कथन छ ।

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘अन्तिम संस्कार’को दशैं अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्तसँगै छायाँकन सुरु गरिएको थियो । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिएको निर्देशक प्रदीपले बताए ।

अंग्रज कलाकार विजय लामासहितको यो चलचित्रका कलाकारहरुले हिमाली भेगको छायाँकन सकेर यतीबेला काठमाडौं फर्किएका छन् । अब बाँकी छायाँकन यतै गर्ने पनि निर्देशकले जनाएका छन् ।

चलचित्रको कथा निकै रमाईलो र यथार्थपरक भएका कारण आफुले समय निकालेर यसमा काम गरेको कलाकार बिजय लामाले बताएका छन् ।

यो चलचित्रका निर्माता विनोद सुवेदी खत्री (टाटेमित) हुन् । करिब डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई, सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा