spot_imgspot_img

एमाले नेता ज्ञवालीद्धारा प्रतिवद्धता–पत्र सार्वजनिक, बाँदर नियन्त्रणदेखि बिमानिस्थल संचालनसम्म

हुमाकान्त पोखरेल
गुल्मी, । नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका हुन् ।

आगामी पाँच बर्षसम्म कालिगण्डकी करिडोरकोको कालोपोत्रेको काम सम्पन्न गर्ने, मदन भण्डारी राजमार्गको गुल्मी खण्डको काम सम्पन्न गर्ने, रुद्रवेणी–वामी सडक आगामी जेठ महिनाभित्र कालोपोत्रे सम्पन्न गर्ने, विभिन्न खोलाहरुमा पुल निर्माण गर्ने, आगामी एक बर्षभित्र प्रत्येक पालिकाको केन्द्र जोड्ने बाटो कालोपोत्रे गर्ने योजना रहेका छन् ।

तम्घासमा निर्माणाधिन जिल्ला अस्पताल लगायत सबै पालिकामा निर्माणाधिन आधारभूत अस्पतालको एक बर्षभित्रमा निर्माण सम्पन्न गरी संचालनमा ल्याउने, विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने, सबै विद्यालयमा इन्टरनेट सुविधासहितका आइसिटी ल्याब, इ–लाइब्रेरी र आधुनिक शैक्षिक सामग्री उपलब्ध गराउने, विद्यालय बसको व्यवस्था गर्ने, रानिबासमा कृषि क्याम्पसको स्थापना गर्ने योजना रहेको ज्ञवालीले बताए ।

क्षेत्र नम्बर १ मा ‘एक घर–एक धारा सम्पन्न गर्ने, विपन्न परिवारलाई निःशुल्क खानेपानीको व्यवस्था गर्ने, परम्परागत पोखरीहरुको संरक्षण गर्ने, सबै घरमा भरपर्दो विद्युत सेवा उपलब्ध गराउने योजना रहेका छन् । कृषिअन्तरगत उत्पादनमा आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने, किसानलाई मल, बीउ, औजार वितरण गर्ने, कृषि बीमाको व्यवस्था गर्ने, बालीलाई बाँदर, दुम्सी जस्ता बन्यजन्तुबाट जोगाउने किसिमका ठोस कार्यक्रम संचालन गर्ने, कृषि उपजको संकलन र भण्डारणका लागि पूर्वाधारको विकास गर्ने रहेका छन् ।

त्यस्तै कफिको बजारीकरणमा काम गर्ने, एक पालिका, एक औधोगिक ग्रामको नीति कार्यान्वयन गर्ने, विभिन्न ठाउँमा रहेका खानीको वैज्ञानिक अन्वेषण गरी उत्खननको व्यवस्था गर्ने, सांस्कृतिक क्षेत्रहरुको संरक्षण गर्दै पर्यटन प्रर्वद्धन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । खेलकुदको विकासका लागि ‘एक पालिका, एक खेलमैदान तथा कभर्ड हल’को व्यवस्था गर्ने, निर्वाचन लगत्तै रेसुङ्गा बिमानिस्थल सुचारु गर्ने लगायतका योजना रहेको ज्ञवालीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा