पाँच बर्षे कार्यकाल पुरा गर्छु ः नेता जिसी

गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले पाँच बर्षे कार्यकाल पुरा गर्ने बताएका छन् । बुधबार जिल्लाको मालिका गाउँपालिका –६ अर्जैमा आयोजित संयुक्त गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता जिसीले यस्तो बताएका हुन् ।

‘यसभन्दा अगाडी पाँच बर्षको लागि जिताएको दिनेश पन्थीले बिचैमा जनमतको अपमान गरी सासंद पद समेत त्याग्नुभएको छ ।’ नेता जिसीले भने, ‘मैले पाँच बर्षसम्म जनताको शिर उचोँ हुने गरी काम गर्छु ।’ त्यसका साथै नेता जिसीले यस प्रदेशका शिक्षा, सडक, खानेपानी, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

त्यस्तै जिल्लाको समग्र विकासको लागि गठबन्धनको जितको विकल्प नभएको भन्दै नेता जिसीले सम्पूर्ण मतदाताहरुलाई मंसिर –४ मा गठबन्धनको पक्षमा मतदान गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा