गुल्मी-२ काे मतगणना सुरू

गुल्मी, ०५ मंसिर । गुल्मीको क्षेत्र नम्बर -२ काे मतगणना सुरू भएको छ । सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा इस्मा गाउँपालिका -१ हस्तिचाैरबाट मतगणना सुरू गरिएकाे हाे । इस्मापछि रेसुङ्गा र मुसिकाेटमा गणना गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । अहिलेसम्म बाकसबाट मत खन्याएर गन्ने काम भइरहेकाे छ । तर पहिलो चरणकाे नतिजा भने आइसकेकाे छैन । केही समयपछि गुल्मी -२ `ख´ काे पनि मतगणना गरिने कार्यालयले जनाएको छ । मतगणनाकाे सुरक्षा व्यवस्था कडा बनाइएकाे छ । गुल्मी -२ मा एमालेबाट गाेकर्ण विष्ट र गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच मुख्य  प्रतिस्पर्धा हुनेछ । दुवै तर्फबा कार्यक्रताहरू क्याम्पस गेटबाहिर नजिताकाे पर्खाइमा छन् । 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा