गुल्मीमा जीप दुर्घटना, पाँचकाे मृत्यु

हुमाकान्त पाेखरेल, ०७ मंसिर, गुल्मी ।
गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाकाे मृत्युु भएको छ । जिल्लाकाे सत्यवती गाउँपालिका -३ ठुलाे लुम्पेकमा लु ३ च ५३४० नम्बरको जीप गएराति दुर्घटनामा परेकाे हाे ।
ठुलोलुम्पेकदेखि स्थानीय कुढडाडा जाँदै गरेकाे जीप दुर्घटनामा परि जिपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षिय टीका राहादी ४७ वर्षिय रन बहादुर सिजापति , २५ वर्षिय मिलन तरामु र ४३ वर्षिया जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । दुर्घटनामा चारजना घाइते भएका छन् । ३३ वर्षीय कार्बोलिन सोमै,  ३२ वर्षीय चेतमान सिङजाली, ४९ वर्षीय गिर बहादुर राहादी र खन्डन सोमै घाइते भएका छन। उनीहरुको पाल्पामा उपचार भइरहेको छ । जीप घुम्तीमा ब्रेक फेल भइ सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे ।

ताजा

प्रतिक्रिया

comment

सम्बन्धित खवर