गुल्मी–१ मा काँग्रेसका चन्द्र भण्डारी विजयी

हुमाकान्त पोखरेल
गुल्मी, ०९ गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा संयुक्त गठबन्धनबाट नेपाली काँग्रेसका डाक्टर चन्द्र भण्डारी विजयी भएका छन् । शुक्रबार दिउँसो सार्वजनिक मतपरिणमअनुसार भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर एक हजार ५९२ रहेको छ । भण्डारी र ज्ञवाली विगत ०६४ देखि एक–अर्कामा प्रतिस्पर्धा गर्दै आएका छन् । ०६४ मा ज्ञवाली, ०७० मा भण्डारी र ०७४ मा ज्ञवाली निर्वाचित भएका थिए । विजयी भएसँगै काँग्रेसले विजय र्‍यालीको तयारी थालेको छ ।

यसैगरी एमाले उम्मेदवार प्रदिप ज्ञवालीले हार स्वीकार गर्दै विजेता भण्डारीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भण्डारीलाई बधाई दिदैँ निर्वाचनमा साथ दिने सबै मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा