गुल्मीलाई नमुना जिल्ला बनाउछौँ ः नेता भण्डारी

गुल्मी, मङ्सिर १० गते । गुल्मी निर्वाचन क्षेत्र नम्बर- १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित डा. चन्द्र भण्डारीले जिल्लालाई नेपालको नमुना जिल्ला बनाउने बताउनुभएको छ ।

विजयी पश्चात् सदरमुकाम तम्घासमा सहिद शम्सेर बहादुर खत्रीको शालिकमा माल्याणर्पण गरि हजारौं संख्यामा उपस्थित हुनुभएका मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता डा. भण्डारीले आफ्नो कार्यकालमा यस जिल्लालाई नमुना बनाउने प्रण गर्नुभयो ।
उहाँले भन्नुभयो,-“हामीले बनाएका पुल, सडक, खानेपानी योजना, सालझण्डी सडक, कालीगण्डकी करिडोर र रिडीको तीनमुखे पुललाई सम्पन्न गरेर हाम्रो जिल्लालाई नेपालको नमुना जिल्ला बनाउछौं ।” निर्माण कार्य सम्पन्न भई सुचारु हुन नसकेको रेसुङ्गा विमानस्थललाई छिट्टै सञ्चालनमा ल्याउने दावी गर्नुभयो ।
रुद्रोवेणी-वामीटक्सार सडक खण्ड अन्तर्गत पर्ने डहरे खोलामा पुल नहुँदा बर्षौदेखि यहाँका नागरिकले समस्या भोग्दै आइरहेको भन्दै छिट्टै पुल निर्माणका लागि काम अगाडी बढाउने बताउनुभयो । “२१ औं शताब्दीमा हाम्रो जस्तो जिल्लामा डहरे खोलामा वर्षेनी बाढीले गाडी बगाएको यूटुबमा हामीले टुलुटुलु हेरेर बसेका छौं ।” उहाँले भन्नुभयो,-“अब त्यो खोलामा छिटोभन्दा छिटो पुल बनाउने छौं ।”नवनिर्वाचित भण्डारीले आफुप्रतिको आम मतदाताको विश्वास, अथाह माया र सद्भावलाई कहिल्यै नभुल्ने बताउँदै गुल्मेली जनताको शिर नझुक्ने जिल्लाको समग्र पक्षको विकास गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा