गुल्मी गठबन्धनद्धारा मतदातालाई धन्यवाद

गुल्मी,१० मंसिर । गुल्मीमा सत्ता गठबन्धन दलहरुले मतदातालाई धन्यवाद् दिएका छन् । शनिबार नेपाली काँग्रेसबाट खिलध्वज पन्थी, नेकपा माओवादी केन्द्रबाट विर बहादुर कार्की, राष्ट्रिय जनमोर्चाबाट हरी न्यौपाने र नेकपा एकीकृत समाजवादीबाट राममल्ल ठकुरीले हस्ताक्षर गर्दै जिल्लाबासी सम्पूर्ण मतदाताहरुलाई गठबन्धनले धन्यवाद् दिएको हो ।

गठबन्धनबाट क्षेत्र नम्बर १ मा डाक्टर चन्द्र भण्डारी र १ को ‘ख’ मा धनेन्द्र कार्की निर्वाचित भएको र अन्य उम्मेदवारहरुलाई सफलता प्राप्त हुन नसकेको भन्दै त्यसको भने गम्भीर समिक्षा गर्ने जनाइएको छ । यसअघि नेकपा एमाले गुल्मीले पनि सम्पूर्ण मतदाताहरुलाई धन्यवाद् दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा