spot_imgspot_img

संसद भवन नपुगेपनि गुल्मेलीकाे सेवामा हुनेछु : नेता ज्ञवाली

गुल्मी।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुख दु:खमा गुल्मीका जनतासँगसँगै रहने बताएका छन।

नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीलाई बधाई दिँदै ज्ञवालीले दुःख सुखका हरेक पलमा गुल्मेली जनतासँग रहने बताएका हुन्।

सामाजिक संजालमा स्ट्याटस लेख्दै ज्ञवालीले भने,‘वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मनको प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई आफ्नो साथमा पाउनु हुनेछ।मेरो सिङ्गो जिवन राष्ट्र र जनताको हित,जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित हुने छ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग रहेको भन्दै ज्ञवालीले सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा भएको बताए।ज्ञवालीले भने,‘म संसद भवनभित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रतिमा कुनै सन्देह छैन।’   स्राेत : सबल पाेष्ट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा