के रामकुमारी झाँक्री एमालेमा जान लागेकी हुन् ?

  • १२ मंसिर, गुल्मी । साेमबार दिउँँसाे नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले फेसबुक पेजमा एमाले नेता विष्णु पाैडेल र खिमलाल भट्टराईसँगकाे फाेटाे राख्दै `तस्बिरमा संदेश छ ।´ भन्ने क्याप्सन लेखिन । फाेटाे साेमबार दिउँसो भैरहवा बिमानिस्थलमा खिचेकाे हाे । रामकुमारी झाँक्री काठमाडौबाट गुल्मी जाँदैँ गर्दा एयरपोर्टमा आेर्लिएकी थिइन भने पाैडेल र भट्टराई काठमाडौ जाँदै थिए । त्यत्ति नै बेला उनीहरूले फाेटाे खिचाएका थिए । झाँक्रीले राखेकाे तस्वीरमा १० हजारभन्दा बढी लाइक र तीन हजारभन्दा बढी कमेन्ट आएका छन् । दुइ सयभन्दा धेरैले सेयर गरेका छन् । कमेन्ट गर्नेमध्ये करिब ४० प्रतिशत भन्दा बढीले  झाँक्री एमालेमै फर्मंकन उचित हुने सुझाएका छन् । यस अर्थमा पनि झाँक्रीले तस्बिर राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ  । मंसिर -४ गते सम्पन्न निर्वाचनमा पाैडेल रूपन्देही -२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने झाँक्री गुल्मी -२ बाट एमालेका गाेकर्ण विष्टसँग पराजित भएकी थिइन् । उसाे त रामकुमारी झाँक्रीकाे पछिल्लो समय पार्टी अध्यक्ष माधव कुमार नेपालसँग सम्बन्ध पनि चिसिएकाे चर्चा भइरहेकाे छ । त्यसकारण पनि रामकुमारी एमालेमा जान लागेकी हुन् कि भन्ने धेरैले आशंका गरेका छन् । झाँक्री निकट पत्रकार शिव सुवेदी भने भेटमा कुनै त्यस्तो राजनीतिक संवाद नभएकाे बताउछिन् ।उहाँ (झाँक्री) एमालेमा जाने भन्ने कुनै सम्भावना नै रहन्न ।´ उनले भने, पूूर्व सहकर्मीहरू भेट हुँदा तस्बिर मात्र खिचेको हाे ।´ सुवेदीले झाँक्री उच्च राजनीति संस्कार भएको भन्दै हल्लाकाे पछाडि नलाग्न आग्रह गरे । निर्वाचनमा आफू पराजय भएपछि पनि झाँक्रीले गाेकर्ण विष्टलाई खादा लगाएर बधाई दिएकी थिइन् ।अहिले भने झाँक्रीले आफ्नो फेसबुक पेजबाट हहटाइसकेकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा