पूर्वाग्रही तरिकाले पेस गरेको प्रतिबेदन बनाउने कर्मचारीलाई कार्बाही गर्न महालेखामा उजुरी

<span;>१३ मंसिर, गुल्मी ।
<span;>पूर्वाग्रही तरिकाले पेश गरेकाे प्रतिवेदन बनाउने कर्मचारीलाई कारवाहीकाे माग गर्दै महालेखामा उजुरी परेकाे छ । गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मीबिरूद्व उजुरी दिएका हुन् । गाउँपालिकाकाे आ.व. ०७७/७८ काे लेखा परीक्षण गर्दा रेग्मीले विभिन्न व्यवसायीक फर्मबाट अध्यक्ष तथा उपाध्यक्षका लागि व्यक्तिगत प्रयाेगमा आउने दाल, चालम र तरकारीबापतकाे रकम सात लाख एकानब्बे हजार नियमसंगत नभएको भन्ने प्रतिवेदन लेखिएकाेमा पालिकाले भने उक्त रकम अध्यक्ष /उपाध्यक्षकाे लागि नभइ कार्यालयमा आउने सेवाग्राही र कर्मचारीकाे लागि खर्च भएको पालिकाले जनाएको छ । त्यसकारण स्थानीय तह र जनप्रतिनिधिकाे बदनाम गर्ने उदेश्यले तथ्यहीन प्रतिवेदन लेख्ने कर्मचारीलाई कारवाही गर्न पाेखरेलले माग गरेका छन् । आफुहरू गाउँपालिकामा निर्वाचित भएदेखि नै नियम र कानुनकाे अधिनमा रही काम गरेकाेले आगामी दिनमा पनि कानुनभन्दा बाहीर गएर काम नगर्ने पाेखरेलले बताए ।
हेराैँ, धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेलले दर्ता गराएकाे पत्र :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा