गुल्मी– गुल्मी क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण विष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाइ दिएका छन्। जिल्लाको मुख्य सुन्तला पकेट क्षेत्र मानिएका धुर्कोटका विभिन्न वडा र रेसुङ्गा नगरपालिका ३ को भाडगाउमा विष्टलाई फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका हुन्।प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि यतिबेला विष्ट मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगिरहेका छन्।
गाउँगाउँमा पुग्ने क्रममा उनलाई मतदाताले विभिन्न सुझावहरु दिने गरेका छन्। नवनिर्वाचित सांसद विष्टले कृषकले उत्पादन गरेका बस्तुको बजारीकरणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। स्राेत : नेपाल लाइभ अनलाइन