एक महिला म्यादी प्रहरीकाे अनुभव

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

पेशाभन्दा पनि परिचयात्मक रूपमा म विद्यार्थी । ब्याचलर चौथो वर्ष अध्यनरत छु । हुन त मलाई सानैदेखि प्रहरी, सेनालगायत सुरक्षा लाइनमा ध्यान गएन भनौं या मन । तर यो लाइन देख्दा निकै अनुशासित अनि ड्रेस अप, अनि काम निकै रमाइलो लागेर आउँथ्यो । यही लाइनमा पनि लोकसेवा पढेर राष्ट्र सेवक भन्ने बित्तिकै निकै मन जागेर आउँछ किनकी आफ्नो नाम, चर्चा, पद अनि बौद्धिक क्षमता सबै कुराले पूर्ण भएर राष्ट्रसेवक बन्न आजकल दिनप्रतिदिन मोह बढेको देखिन्छ नै ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भनेर समाचार देखें । अझ त्यस्मा म्यादी प्रहरी भर्नाको विज्ञापन देखेपछि मलाई पनि तिहारको बेला विदा, अलिकति समय अविस्मरणीय पल अनि चालीस दिन भए पनि राष्ट्रसेवक बन्न पाउनु अवसर लाग्यो एकातिर भने अर्कोतिर मलाई धेरै कुरा सिक्ने अवसर, धेरै मान्छे चिनिने, नयाँ ठाउँ, आफ्नो जिम्मेवारी पाएर सही तरिकाले जिम्मेवारी पूरा गर्ने यो अवसरको रूपमा भाग्यले जुराएको जस्तो लाग्यो ।

विज्ञापन अनुसार फाराम भरेँ । सोही अनुसार मैले गर्नु पर्ने कार्य अनि दिनु पर्ने परीक्षा दिएँ । लिखितमा सामान्यलाई सोध्ने परीक्षा हो । त्यसमा म भर्खर चौथो वर्ष अध्यनरत हुँदा मलाई चिन्ता थिएन । ढुक्क थिएँ । तर त्यसभन्दा पहिले दिएको फिजिकल पहिलो चरणमा हुँदा सबै साथीहरु आफ्ना मान्छेको पावर छ भन्दै काका, दाई , मामा आफ्ना मान्छेको भएको भन्दै नाम लिन्थे र दुक्क देखिन्थे भने एकातिर म बिना फोर्स र सोर्स अझ घरमा अनुमति नलिई चालीस दिने काममा किन लगाउनु मान्छे भन्ने ठान्दै आफ्नो मिहेनतले नाम निकाल्न मेरो उद्देश्य भए पनि साथीहरुको कुराले कता कता डर लाग्दै गएको थियो । तर पनि नाम निकाल्ने आस थियो । सबै परीक्षा दिँदै गएँ । रिजल्ट आयो । नाम देखें । खुसी लाग्यो । राष्ट्रसेवक सुरक्षा निकायतिरको यो मेरो पहिलो अनुभव खुसी बनेर आएको थियो । यो मेरो लागि एक अवसर थियो ।

एक महिला म्यादी प्रहरीको रोचक डायरी

म्यादी प्रहरी अवसरसँगै चुनौती

यसरी म चुनिएँ । चुनिएपछि नियुक्ति बुझें । तालिम मैले घरनजिक आफूलाई सहज हुने ठाउँ देखी ल्याएकी थिएँ । घरमा काम गर्नु नपर्ने, विद्यार्थी जीवन दुःखको अनुभव कहिले नभएको भएर होला, मलाई अब चुनौतीको महसुस हुन थाल्यो । दुई, तीन दिनसम्म पिटी, परेड अनि दौड मलाई गारो हुँदै गएको थियो । अझ शरीरको दुखाइ उस्तै । बुझ्न थालेँ पसिनाको मूल्य । त्यति गारो थिएन तर मलाई गारो भनेको एक जनाले गल्ती गर्दा गाली आफूले पनि सुन्नु पर्ने आफू पनि कारवाहीमा पर्नु पर्ने सिस्टम, चेन अफ कमाण्डमा चल्नु पर्ने । म आफू अरूको कन्ट्रोल बन्देजमा भए जस्तो लागेर आउने गर्थ्यो बेला बेला । मिसन मंसिर ४ थियो । क्लास दिने सरहरुबाट निर्वाचनसम्बन्धी काम र निर्वाचनसँग सम्बन्धित धेरै कुरा सिक्ने अवसर पाएकी थिएँ । सामान्य लेखपढ भने पनि धेरै साथी प्लस टू पास थिए । म ब्याचलर पढ्दै गर्ने थिएँ । मैले छुट्टै रेपेक्ट साथीदेखि पाउँथे । बिस्तारै तीन, चार दिनपछि सबै कुरा सिक्दै जाँदा सजिलो लाग्न लाग्यो । सबै एकै परिवारका जस्तो लाग्यो । थकाइ मायामा परिणत हुन् लाग्यो । यसरी तालिम समापन कार्यक्रमसँगै हाम्रो विदाई कार्यक्रम भयो । मिसन मंसिर ५ सफलताको थियो । मलाई तालिम केन्द्र परिवारजस्तै बनेको थियो । नजिक थियौं सबै । माया धेरै पाएर होला, कताकता छुट्नु पर्दा नरमाइलो लाग्यो । इन्चार्ज सर, गुरुबालगायतले भन्नु भयो, कहाँ पर्यो अबको केन्द्र, उत्तरमा मैले रिडी भन्दै चुप भएँ । त्यसपछि टीका ग्रहणसँगै सफल निर्वाचन पार्न शुभकामना दिनुभएको थियो ।

कार्तिक ११ गते सम्पूर्ण म्यादी प्रहरी आफ्नो केन्द्रमा पुग्नु पर्ने थियो । सोही अनुसार आफ्नो कपडा, चाहिने सामग्री लिएर हामी सबै साथी आ–आफ्नो केन्द्रमा पुगेका थियौं । म भने रिडी । साँझ पर्न आँटेको थियो । गाडी लागेर शरीर कमजोर भएको थियो । सबै साथी पुगिसकेका थिए । अन्तिममा मलगायत हामी चार जनाको टोली थियौं । खाने बस्ने ठाउँ र व्यवस्था भने पछि लाग्यौं हामी महिला ब्यारेक । नयाँ ठाउँ, सबै फरक–फरक ठाउँदेखि आएका साथी, मेसको खाना, केही सामान नपुगेको, अन्जान सबै । मलाई पुरानै तालिम केन्द्रका सर र गुरुबाको याद अनि माया झल्झली आँखामा आएको थियो । नपुग केही नभए पनि कुनै अन्धेरी ठाउँमा लगेर एक्लै छोडिएको पन्छि जस्तै थिएँ म पनि । कम बोल्ने म । मलाई अब प्रहरीको बोली कडा लाग्न थाल्यो । तर जे होस् सुखदुःख भोग्दै दुई तीन दिन बिताइयो । केन्द्र पुगेको तीन दिन नहुँदै हजुर आमाको बिरामी खबरपछि बिदा माग्न डर लागेको थियो । विद्यार्थीले सरलाई सोधेर बिदा मागे जस्तो कल गरेर समस्या भने जस्तो कहाँ हुन्छ र प्रहरीमा ? चेन अफ कमाण्डको रुल्समा चल्नु पर्ने । डर मान्दै मेरो अनुरोध हजुरआमाको मुख मात्र हर्नेसम्म स्वीकार्दै गुरुआमाको सहयोगमा बिदा पाएँ । त्यसपछि मलाई मेरा सरप्रति माया लाग्न थाल्यो । अफसोश मैले हजुरआमालाई केही नजिक पुग्दा गुमाउन पुगेँ । सास भेट्न नपाए पनि म जेनतेन पुगेँ हजुरआमाको मृत शरीरलाई भेट्न । संस्कार अनुसारको कामपछि अन्तेष्टी गर्न रिडी गएँ र त्यही रात दुई बजे म ब्यारेकमै बसेँ । मलाई तातो दूध थुक्नु कि निल्नु जस्तै भयो म्यादी छोड्नु कि बस्नु । म घर आउन पाइनँ तर आफ्ना साथी परिवारको हौसला, गुरुआमाको सहयोगमा म ब्यारेक रहेता पनि सजिलो भयो, साहस आयो । यसरी बितिरहे दिन, कहिले लाइन पालो त कहिले गस्ती रमाइलो हुने सजिलो । घुलमिल हुने अवसर त कहिले राख्थ्यो रोलकल । थकाइ सबै मर्दों रैछ । आनन्द आउँथ्यो भने कहिले काँही मलाई नेचर मन पर्दैन थियो । गाली गर्ने शैली र कारवाही । कहिलेकाँही भने ठिकै लाग्थ्यो । अवसरसँगै अनुभव बटुलेँ । मेरो लागि अवसर रह्यो किनकि वैशाखमा विज्ञापन देखें तर तेस्रो वर्षको अन्तिम बोर्ड परीक्षाले गर्दा हुन पाइनँ । अब पाँच वर्षपछि म कुनै क्षेत्रको कर्मचारी हुनेछु । यसपाली भने समयले साथ दियो । बिदा अनि अनुकुल सबै पाएँ ।

अवसर ठान्दै र मान्दै गएको म्यादी प्रहरी अब मलाई कसरी चुनौती लाग्यो त ? चुनावको अन्तिम समय हामी बुथ केन्द्रमा खटिनु पर्ने समय आएको थियो । रुरु पाँच बम्घामा सत्र जनाको हामशे सुरक्षाकर्मी टोली खटाएको थियो । अति संवेदनशील ठाउँ बुथ केन्द्र दुई ओटा थिए । रमेश छहारी मगरको कमाण्डमा तुलसीराम शर्मा र सेर सिंह धामी गुरुबालगायतका टोलीमा हामी थियौं । हाम्रो मिसन मंसिर ४ थियो । अति अनुशासित, भयरहित, त्रुटिरहित, शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्नु हाम्रो लक्ष्य थियो । यो पनि हाम्रोे लागि चुनौती नै थियो ।

म्यादी प्रहरी भनेर हेपाह प्रवृत्ति देखें । कतिले मलाई घरमा आर्थिक अवस्था कमजोर मानेर आएको भन्ने सोच्थे र सोध्ने गर्थे, यसरी सयौं प्रश्नको जवाफ मैले अनुभवको लागि मात्र भनेर उत्तर दिँदा अविश्वास गर्ने केही पात्रसँग मलाई बुझाउन निकै चुनौती थियो । म्यादी प्रहरीमा जानु हुँदैन, बिग्रन्छन् भन्ने मान्छेको सोच र बिग्रेका मान्छे नै आउँछन् भन्ने नेचर मेरो सबैभन्दा चुनौती । र, म यसको विरोध गर्न खोज्थेँ तर म मौन रहन्थेँ । कतिलाई सम्झाउनु ? बस् म मौन रहन्थेँ अनि आफैमा प्रश्नोत्तर गरिरख्थेँ ।

मैले यी दुवैको उत्तर व्यवहारमा सकारात्मक रूपमा कार्य गरेर देखाउने लक्ष्य राखेकी थिएँ । न म म्यादीमा बिग्रेँ, न त हामी भएको ठाउँमा निर्वाचन अपूर्ण न त अशान्त नै थियो । मलाई हाम्रो कमाण्डरले मूल गेटमै चेकिङमा राख्नु भएको थियो । त्यो जिम्मेवारी बिहान ५ देखि साँझ ५ बजेसम्म राम्रो तरिकाले पूरा गरेँ । ठीक त्यही समयमा आएर सरले भन्नु भयो, धेरै राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेकामा धन्यवाद, सबैको सहयोगले निर्वाचन सफल भयो, राइट पर्सन राइट प्लेस चुज गरेपछि सही हुन्छ, जुन मैले गरेकी थिएँ । मलाई उहाँले यो भनेपछि मैले भोगेका देखेका चुनौतीको उत्तर एकै ठाँउ पाएँ, राइट पर्सन, राइट प्लेस । यो भनाई मेरो लागि निकै महत्वपूर्ण थियो । अनि मलाई लाग्यो, अनुशासन, बोली व्यवहार सबै कुरा चाहिने म्यादी प्रहरीमा अब पढेका वर्ग नै आवश्यक रहेछ ।

त्यही अन्तिम दिनको अन्तिम लाइनले मलाई त्यस दिन मात्र म्यादी प्रहरी एक अवसरको रूपमा लिँदै पुन रिडी मतपेटिकासँगै फर्कें र एक दुई दिनपछि यानिकी मत परिणामपछि विदाई लिँदा साथी, सर, गुरुबा सबैसँग छुट्दा निकै नरमाइलो लागेको थियो । मैले यसरी चिन्न, भेट्न, आफ्नो जिम्मेवारी पूरा गर्न लगायत धेरै कुरा मलाई म्यादी प्रहरीले नै सिकायो ।

म्यादी प्रहरी सुरुमा चुनौती लागे पनि अन्त्यमा अवसरको रूपमा मैले लिएँ ।    स्राेत : नेपालनाम्चा अनलाइन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा