लैङ्गिक हिसांविरुद्धको १६ दिने अभियानमा रेसुङ्गा नगरपालिकाद्धारा जनचेतनामुलक कार्यक्रम संचालन

गुल्मी, १४ मंसिर ।
रेसुङ्गा नगरपालिकाले लैङ्गिक हिसांबिरुद्धको १६ दिने अभियानमा जनचेतनामुलक कार्यक्रम गरेको छ । महिला हिसांविरुद्धको अवसर पारेर नगरपालिकाले सबै वडामा जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको हो । हालसम्म वडा नम्बर १०, ११, १२, १३ र १४ मा जनचेतनामुकल कार्यक्रम सम्पन्न गरिसकिएको छ । कार्यक्रममा घरेलु हिसां, लैङ्गिक हिसां, महिला हिसां लगायतका बिषयमा प्रशिक्षण दिइएको छ ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका असई खुमा थापा र अधिवक्त विष्णु बलालले प्रशिक्षण दिएका थिए । रेसुङ्गा नगरपालिका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कल्पना पाण्डेले समाजमा विभिन्न कारणले उत्पन्न हुने लैङ्गिक हिसां न्यूनिकरण गर्नको लागि प्रशिक्षणको आयोजना गरेको बताइन् । कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृतादेवी कुँवरले समतामुलक समाज निर्माणका लागि आफुहरुले जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताइन् ।

कार्यक्रममा मन्तव्य राख्दै रेसुङ्गा नगरपालिकाकी उप–प्रमुख अमृतादेवी कुँवर

कार्यक्रममा वडाध्यक्ष खुम राना लगायतका जनप्रतिनिधिहरु, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा