गाउँपालिकाकाे बदनाम गर्न खाेज्ने कर्मचारीलाई कारवाहीकाे माग

गुल्मी, १४ मंसिर । गाउँपालिकाकाे बदनाम गर्न खाेज्ने कर्मचारीलाई कारवाहीकाे माग गर्दै महालेखा परीक्षकको कार्यनलयमा उजुरी परेकाे छ । जिल्लाकाे मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले महालेखा परीक्षकाका कर्मचारीबिरूद्व महालेखाकाे कार्यालयमै उजुरी दिएकी हुन् । गाउँपालिकाकाे आर्थिक बर्ष ०७७/७८ काे लेखापरीक्षण गर्ने क्रममा महालेखाबाट खटि आएका कर्मचारीले विभिन्न व्यवसायीक फर्मबाट
<span;>अध्यक्ष तथा उपाध्यक्षका लागि व्यक्तिगत प्रयाेगमा आउने दाल, चालम र तरकारीबापतकाे रकम १० लाख ९१ हजार ३१४ नियमसंगत नभएको भन्ने प्रतिवेदन लेखिएकाेमा पालिकाले भने उक्त रकम अध्यक्ष /उपाध्यक्षकाे लागि नभइ कार्यालयमा आउने सेवाग्राही र कर्मचारीकाे लागि खर्च भएको पालिकाले जनाएको छ । त्यसकारण स्थानीय तह र जनप्रतिनिधिकाे बदनाम गर्ने उदेश्यले तथ्यहीन प्रतिवेदन लेख्ने कर्मचारीलाई कारवाही गर्न खड्काले माग गरेकी छिन् । आफुहरू गाउँपालिकामा निर्वाचित भएदेखि नै नियम र कानुनकाे अधिनमा रही काम गरेकाेले आगामी दिनमा पनि कानुनभन्दा बाहीर गएर काम नगर्ने उपाध्यक्ष खड्काकाे भनाई छ ।
हेराैँ, मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले दर्ता गराएकाे पत्र :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा