गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा गुल्मीका पाेखरेल सर्वसम्मत

गुल्मी, २७ मंसिर । गाउँपालिका राष्ट्रिय महासंघकाे केन्द्रीय सदस्यमा गुल्मीको धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेल निर्वाचित भएका छन् । काठमाडौमा देशभरका गाउँपालिकाहरूकाे संस्था `गाउँपालिका राष्ट्रिय महासंघ´ काे तीन दिनसम्म तेस्रो महाधिवेशन चलेकाे थियाे । महाधिवेशनकाे अन्तिम दिन मंगलबार पुनर्गठन भएकाे समितिमा पाेखरेल केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी अध्यक्ष भएको कार्यकालमा कार्यसम्पादनका आधारमा धुर्काेट गाउँपालिका लुम्बिनी प्रदेशकाे पहिलो एवम् देशकै तेस्रो गाउँपालिका बनेकाे थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा