गुल्मी, २९ मंसिर । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले फरक क्षमता भएका विध्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका स्थित उपल्लो तम्घास माध्यमिक विध्यालयमा अध्ययनरत २३ जना विध्यार्थीहरूलाई न्यानाे कपडा स्वीटर वितरण गरेको हाे । प्रतिष्ठानले आफ्नो साताैँ जिल्ला अधिवेशन पाैष २ गते बालमन्दिरमा मनाउँदैछ । अधिवेशनकै पूर्वसन्ध्यामा प्रतिष्ठानले फरक क्षमता भएका विध्यार्थीहरूलाई सहज हाेस् भन्ने उदेश्यले न्यानाे कपडा वितरण गरेको पूर्व अध्यक्ष खुम खत्रीले जानकारी दिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले प्रतिष्ठानले गरेको काम सह्रानिय भएको बताए । उनले प्रतिष्ठान विगतदेखि नै सामाजिक कार्यमा सक्रिय भएको भन्दै निरन्तरताको शुभकामना दिए । पत्रकार महासंघ गुल्मीका अध्यक्ष टाेपलाल अर्यालले फरक क्षमता भएका विध्यार्थीहरूकाे लागि सबै सराेकारपक्षले ध्यान दिनुपर्ने बताए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रकाे अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी गैरेकाे प्रमुख आतिथ्यता, प्रथम उपाध्यक्ष शिलु भट्टराईकाे स्वागत मन्तव्य एवम् निवर्तमान अध्यक्ष जनक पन्थकाे संचालनमा सम्पन्न भएको थियो ।