गुल्मीबाट समानुपातिकमा तीन जना प्रदेश सासंद

हुमाकान्त पोखरेल
गुल्मी, ०२ पाैष । गुल्मीबाट समानुपातिकतर्फबाट तीनजना सासंद चयन भएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सासंद चयन भएका छन् । नेकपा माओवादी केन्द्रबाट यम बहादुर नेपाली सार्की सासंद चुनिएका छन् । उनी हाल पार्टीको सत्यवती गाउँ कमिटीको इन्चार्जको जिम्मेवारीमा छन् । उनी समानुपातिकको बन्द सूचिमा माओवादीको तर्फबाट पुरुष दलित कलष्टरको पहिलो नम्बरमा थिए । सार्कीले नीति निर्माणको तहमा महत्वपूणर् भूमिका खेल्दै समृद्ध लुम्बिनी प्रदेश बनाउनेतर्फ आफ्नो ध्यान रहने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेनुका खाँड सासंद चयन भएकी छिन् । हाल पार्टीको केन्द्रीय सदस्य रहेकी उनी पार्टीको तर्फबाट समानुपातिकको बन्द सूचिको खस आर्य महिला कलष्टरको पहिलो नम्बरमा परेकी थिइन् । ४२ बर्षिय खाँड ०४२ सालदेखि राजनीतिमा सक्रिय भएकी थिइन् । हिन्दु राष्ट्र कायम गर्ने, संघीयता खारेजि गर्ने, भ्रष्टाचार न्यूनिकरण गर्नेतर्फ आफुले भूमिका खेल्ने खाँडले बताइन् ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट तारा थापा चयन भएकी छिन् । ३७ बर्षिय थापा ०७४ को स्थानीय तहको निर्वाचनमा कालिगण्डकी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत वैशाख ३० गते भएको निर्वाचनमा भने उनी पालिका उपाध्यक्षमै पराजित भएकी थिइन् । ०६० सालबाट सक्रिय राजनीति सुरु गरेकी उनले संसदमा शिक्षा र स्वास्थ्यलाई अगाडी बढाउने, रोजगारी सिर्जना लगायतका बिषयमा आवाज उठाउने बताइन् ।
ठुला दल समानुपातिक सासंद बिहीन
जिल्लामा ठुला दल भने समानुपातिक सासंदबिहीन भएका छन् । सबैभन्दा धेरै मत ल्याएका एमाले र काँग्रेसबाट जिल्लाबाट संघ र प्रदेश कतै पनि सासंद चयन हुन सकेनन् । जिल्लामा संघमा समानुपातिकतर्फ सबैभन्दा धेरै एमालेले ५३ हजार ५८३ र दोस्रो भएको काँग्रेसले ४१ हजार ८६४ मत प्राप्त गरेका थिए । एमालेबाट संघमा समानुपातिकतर्फको बन्द सूचिमा कोही परेनन् । तर प्रदेशमा भने जनजाति पुरुष कलष्टरमा जिल्ला अध्यक्ष बालसिङ्ग काउछा र महिला कलष्टरमा ललिता गौतम तेस्रो नम्बरमा थिए । दुवैजनाको सासंद बन्ने सम्भावना बलियो भएको भनेर एमालेले निर्वाचनका बेला प्रचार गरेपनि दुवैजना सासंद बन्न सकेनन् । नेपाली काँग्रेसबाट संघमा त्रैलोक्य प्रताप सेनको खस आर्य पुरुष कलष्टरको चौथो नम्बरमा, छन्द बहादुर पहराई मगर प्रदेशको समानुपातिक बन्द सुचिमा दोस्रो नम्बरमा थिए । काँग्रेसले पनि दुवैजनालाई भावि सासंद भनेर प्रचार गरेपनि दुवैजनाको सासंद बन्ने सपना अधुरै रह्यो । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा समानुपाति बन्द सुचिमा निम बहादुर पाण्डेको नाम खस आर्य पुरुष कलष्टरमा पहिलो नम्बरमा भएपनि उनी पनि सासंद बन्न सकेनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा