अटिजम

बसन्ता पोख्रेल 
धुर्कोट १,नयाँगाउँ गुल्मी

सामान्य भन्दा बौद्धिक क्षमता अटिजममा हुन्छ
एउटा लाई दुःख पर्दा अर्को साथी रुन्छ
अझै पनि कति सास्ती कैले सम्म देख्ने मैले
समृद्ध नेपाल सुखी नेपाल हुन्छ अब कैले

अटिजममा लुकेका प्रतिभा मैले पनि देखें
जे देखे रूरु एकमा त्यही कहानी लेखे
खान लाउन जेहेन तेहेन सुख दुःख टर्छ
राजनैतिक समाजसेवी दलले अब काध थाप्नु पर्छ

घुसखोरी र अन्याय अत्याचार जरै देखि घटाउ
रूरू एक को अटिजम केन्द्रको समस्या सबै मिली हटाऊ
पालिका देखि केन्द्र सम्म सहयोग हात बढाउ
मन्दिरमा दान होइन बरु विकासको निम्ति अटिजममा चढाऊ

अभिभावक पहलमा नै खोलिएको अटिजम स्कूल रछ
व्यवस्थित र सुनुवाई नहुँदा समस्या बढ्दै गछ
आश्वासन र दुःख अझै कहिले सम्म खप्ने
भन बरु कहा लेख्यो अटिजम लाई हेप्ने

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा