spot_imgspot_img

इन्सेक गुल्मीकाे मानव अधिकार बर्ष पुस्तकको बार्षिक पूर्व समिक्षा सम्पन्न

गुल्मी, ०४ पाैष । इन्सेक गुल्मीले मानब अधिकार बर्ष पुस्तकको बार्षिक पुर्व समिक्षा सम्पन्न गरेको छ । इन्सेक जिल्ला प्रतिनिधी टोपलाल अर्यालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गुल्मीमा ०७८ पुस १५ देखि अहिलेसम्म सात बालिका र आठ महिला माथि बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यबहार भएको उल्लेख छ । यो अबधीमा एक महिलाको हत्या भएको घटना इन्सेक बर्ष पुस्तकको लागि अभिलेख भएको इन्सेक प्रतिनिधी अर्यालले बताए । साथै कुटपीट तथा झैझगडा ३०, झैझगडा गरेर मानसिक यातना दिएको २०, गालीग्लौज र खान लगाउन नदिएको १५ गरेर ७५ घरेलु हिंसाका घटना इन्सेकले अभिलेख गरेको छ ।

यो अवधिमा मानव बेचबिखन र जातिय छुवाछुतको मुद्धा गुल्मीमा दर्ता नभएपनि गुल्मीको मानव बेचबिखन हुने क्रम रोकिएको नरोकिएको र जातिय विभेद पनि अन्त्य हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । आत्महत्या र सम्बन्ध बिच्छेद यो जिल्लाको प्रमुख समस्याका रुपमा देखा परेको छ । भने हत्या, बलात्कार एवं घरेलु हिंसाकाको प्रमुख कारण मदिरा देखिएको छ । जसको नियन्त्रणको लागि जिल्लामा प्रहरी प्रशासन र केहि स्थानीय तहले अभियान संचालन गरे पनि निरन्तरता दिन सकेका छैनन् ।

जिल्लामा बिपद्ले पनि ठुलो मानवीय तथा भौतिक क्षेति गर्ने गरेको छ । तर, समयमै पुर्नस्थापनाको काम नहुँदा पीडित परिवार जोखिमयुक्त स्थानमा बस्न बाध्य छन् । जिल्लाका इस्मा र सत्यवति लगायतका पालिकाका पहिरो पीडितले समयमै किस्ता अनुसारको रकम नपाउँदा घर निर्माणलाई पुर्णता दिन सकेका छैनन । भने केहिले क्रृण काढेर घर निर्माण गरेकाले थप पीडित भएका छन् । इन्सेकले मानव अधिकार उल्लंघनका घटनाको डकुमेण्टेशनसहित न्याय निरुपणमा सहजीकरण र सहयोग गर्दै आएको छ । कार्यक्रममा बोल्दै नागरिक समाजका संयोजक पदम पाण्डेयले राजनैतिक अस्थिरताका कारण मानव अधिकार कम्जोर बन्दै गएको बताए । उनले तीन तहमा प्राथमिकतामा मानव अधिकार प्राथमिकतामा नपर्नु, सरकारले संविधानका अधिकारको व्यव्था गरेपनि कार्यान्वयमा उदासिनता देखाउनु, अध्यादेश जारी गरेर अपराधमा संलंग्नलाई छुटाएर सत्ता टिकाउने खेल बढेकाले मानव अधिकार अझै कम्जोर बन्दै गएकोमा दुखेसो पोखे ।

गुल्मी अस्पतालमा प्रमुख डाक्टर उत्तम पच्याले अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा निकै समस्या भएपनि नागरिकका गुनासाहरुको सकेसम्मको प्रयत्नहरु गरिरहेको बताउँदै कारागारका कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिन आफुहरु तयार भएको बताए । उनले अस्पतालमा जनशक्ति कम हुने र सेवाग्राही बढि हुने अवस्थाले भिड स्वभाविक भएपनि प्रयोगशालाबाट गुणस्तरिय सेवा दिने उदेश्य रहेकाले केहि ढिला हुने गरेको बताए । प्रहरी प्रमुख अर्जुन रानाभाटले प्रहरी मानव अधिकारको रक्षक भएकाले सधै मानव अधिकारको सम्मान गर्ने बताए । उनले समुदायका थुप्रै अभियानमा प्रहरीलाई नागरिक र नागरिक समाजको साथ चाहिएको बताए ।

मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष ढुण्डिराज पोख्रेलले राजनैतिक परिस्थीति सुधार नभएसम्म मानव अधिकार लगायतका पक्षहरु ओझेलमा पर्ने भएकाले संविधानमा उल्लेख भएका मौलिक अधिकारहरुकै बिषय गुमनाम बनिरहेको बताए । निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले इन्सेकको प्रतिवेदनमा जिल्लाको आर्थिक समाजिक अवस्थाको चित्रण भएको बताउँदै संविधान अनुसार नागरिकका अधिकार कार्यान्वयनमा समस्या रहेको बताए । उनले अवस्थामा सुधार नहुँदासम्म संविधान राम्रो भएकोमा गर्व गरेर मात्रै नहुने गैरेले बताए । उनले जिल्लामा रहेका प्रशासनसहितका सरकारका निकायहरुको सेवा प्रबाह सुधारका बिषयमा आफुहरुले थुपै्र काम गरेकाले सोचे अनुसार नभएको स्विकार गरे

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा