चन्द्रकोटले अवैध संरचना हटाउने

हुमाकान्त पोखरेल, गुल्मी
०५ पौष । गुल्मीको चन्द्रकोट गाउँपालिकाले पालिकाभित्र निर्माण भएका अवैध संरचना हटाउने भएको छ । पालिकाले सोमबार ३५ दिने सूचना जारी गर्दै शान्तिपुर तथा मजुवा बजार क्षेत्र भित्रका मुख्य सडक क्षेत्रभन्दा छ÷छ मिटर दायाँ÷बाँया बनेका टहरा एवम् स्थायी÷अस्थायी संरचना हटाउन आग्रह गरेको हो ।

यदि उक्त समयभित्र नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४५ उपदफा ४ बमोजिम गाउँपालिकाले आफैले भत्काउने र त्यसको लागत सम्बन्धित व्यक्ति वा संघ संस्थाले नै व्यहोर्नुपर्ने गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा