spot_imgspot_img

गुल्मीमा सशस्त्र प्रहरीले मनायो नवौँ बार्षिकोत्सव

हुमाकान्त पोखरेल, गुल्मी
०५ पौष, सशस्त्र प्रहरी बल, गुल्म गुल्मीले नवौँ स्थापना दिवस मनाएको छ । गुल्मीमा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना भएको नौ बर्ष पुरा भई १० बर्षमा प्रवेश गरेको अवसरमा सशस्त्रले स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा सशस्त्र प्रहरीले सरसफाईदेखि विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।

त्यस्तै सशस्त्र प्रहरीमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी नायब निरीक्षक ध्रुव प्रसाद भुषाल, सशस्त्र प्रहरी सहायक हवल्दार बसन्त बहादुर बस्नेत र योगेन्द्र पोखरेललाई कदर पत्रले सम्मान गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको लागि विभिन्न प्रतियोगिताहरु पनि संचालन गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन थापा र सशस्त्र प्रहरी सहयाक हवल्दार टेक बहादुर थापा, ब्याडमिन्टन प्रतियोगितामा छब्बा थारु र महेन्द्र थापा, म्युजिकल चेयर प्रतियोगितामा प्रविना मल्ल, टेबुलटेनिश प्रतियोगितामा ढाल बहादुर खत्री क्षेत्री उत्कृष्ट भएका छन् ।

त्यस्तै बोरो दौड प्रतियोगितामा नविन श्रीस र घैटोफोर प्रतियोगितामा पूर्ण बहादुर थापा प्रथम भएका छन् । कार्यक्रममा उत्कृष्ट हुने कर्मचारीहरुलाई प्रमाण–पत्र एवम् पुरस्कारले सम्मान गरिएको छ । स्थापना दिवसकै अवसरमा सशस्त्र प्रहरीले रेसुङ्गा नगरपालिका वडा नम्बर १२ स्थित घोर्ले स्थित भगवती मन्दिरमा पनि सरसफाई गरेको सशस्त्र प्रहरी गुल्मका गुल्मपति प्रहरी नायब निरीक्षक निवन कुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, प्रमुख अनुसन्धान अधिकृत दिनेश पोख्रेल, प्रहरी उपरीक्षक अर्जुन रानाभाट, रेसुङ्गा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चेहर सिंह टन्डन क्षेत्री, पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्याल, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष शिलु भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक भुवनेश्वर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा