‘छत्रकोट सुन्तला महोत्सव’ को तयारी पुरा

टोपलाल अर्याल, गुल्मी

०६ पौष, गुल्मीको छत्रकोटमा भोलीदेखि हुने ‘छत्रकोट सुन्तला महोत्सव’ को तयारी पुरा भएको छ । अनमोल कृषक समुहको आयोजनामा बिहीबार सुन्तला महोत्सब गर्न लागिएको हो । महोत्सवको लागि सुन्तलाको प्रर्दशनी, बगैचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखे नाच प्रस्तुत गर्नको लागि आवश्यक सबै तयारी पुरा भएको कृषक विष्णुप्रसाद पन्थले बताए ।

अनमोल कृषक समुहका अध्यक्ष समेत रहेका पन्थले गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा सुन्तला उत्पादन बढि बताए । गत बर्ष पालिकाबाट २ हजार ३०२ क्विन्टल अर्थात एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले बताए । वडा नं ३ मा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । पन्थका अनुसार वडा नं ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीको लागि ठेक्का भइसकेको छ ।

गाउँपालिकाभरबाट एक करोड ६१ लख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताए । पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कदै गरेका १६ हजार ५ सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती ४ हजार ७ सय २३ फल्ने र हुर्कदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन् । छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन् । बिष्णु प्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले ८ लाखका सुन्तला बार्षिक रुपमा बिक्री गर्दै आएका छन् ।

सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुराउने उदेश्य सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताए । पालिकाका भित्र सुन्तला र उँखुको उत्पादन निकै राम्रो र ती स्थान प्रमुख सडकबाट नजिक भएकाले कृषि पर्यटनका रचनात्मक काम अगाडी बढाइएको पाण्डेयको भनाई छ । उनले त्यो मध्येको एउटा काम सुन्तला महोत्सव रहेको बताए । पालिकाले महोत्सवका लागि आर्थिक सहयोगसंगै ठुलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने कार्यक्रम रहेको पाण्डेयले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा