गुल्मी, ०८ पौष ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तम्घास शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । शाखाले शुक्रबार कार्यालयमै बिमित रेसुङ्गा नगरपालिका –९ का त्रिविक्रम मरासिनीको मृत्यु भएबापत उनकी श्रीमतीलाई कम्पनीले दाबी रकम हस्तान्तरण गरेको हो ।
त्रिविक्रमले दुई बर्ष अगाडी ‘सावधिक जीवन बीमा योजना’ अन्तरगत बार्षिक २९ हजार बचत गर्ने गरी कम्पनीमा सम्झौता गरेका थिए । तर गत कात्तिक १५ गते उनको निधन भयो । निधन भएबापत उनकी श्रीमती बिन्दु पौडेललाई कम्पनीले पाँच लाख ५० हजार ३७५ को चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक अन्जु पुनले जानकारी दिइन् ।
कार्यक्रम शाखा प्रबन्धन पुनको अध्यक्षता, एन्आइसी एसिया बैंकका तम्घास शाखा प्रबन्धक जगदिश पन्थीको प्रमुख आतिथ्यता एवम् अनराइडर निर्मला थापाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु इन्स्योरेन्सका प्रमुख महेन्द्र पोख्रेल, अजोड इन्स्योरेन्सका प्रमुख सन्तोष न्यौपाने लगायतका कम्पनीका अभिकर्ताहरु गरी ५५ जनाको उपस्थिति रहेको थियो ।