चार बर्षमा १२५ दुर्घटना : ८६ को मृत्यु, २२१ घाइते

हुमाकान्त पोखरेल
गुल्मी, १६ पौष । साँघुरो सडक । तिब्र गति । त्यसैमाथि चालकलाई सवारी चलाउनेसम्बन्धि कुनै प्रशिक्षण छैन । न त सवारी राम्रोसँग चेकजाँच नै हुन्छ । त्यसैमाथि सवारीमा ओभरलोड । गुल्मीमा यस्तै–यस्तै कारणले अत्याधिक मात्रामा दुर्घटना भएको छ । जिल्लामा पछिल्लो चार बर्षमा १२५ दुर्घटना भए । जसमा ८६ जनाले ज्यान गुमाए भने २२१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । आर्थिक बर्ष २०७५÷७६ को सुरुदेखि गत चालु आर्थिक बर्षको मंसिरसम्म चार बर्ष पाँच महिनामा मृत्यु भएकामध्ये सबैभन्दा धेरै पुरुष ५६ जनाले ज्यान गुमाए ।

त्यस्तै महिला १८ र बालबालिका आठ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद आचार्यले गुल्मीटुडेलाई जानकारी दिए । सोही अवधिमा घाइते भएकाहरुमध्ये १३० गम्भीर घाइते भए भने ९५ जना सामान्य घाइते भए । गम्भीर घाइतेमध्ये ६० पुरुष, ३४ महिला र १६ बालबालिका छन् । त्यस्तै सामान्य घाइतेमध्ये ५७ पुरुष, २३ महिला र १५ बालबालिका छन् ।

सबैभन्दा धेरै जीप÷कार ४५ वटा दुर्घटना भए । त्यस्तै ट्याक्टर २८, बस पाँच, मोटरसाइकल ३७ र ट्रक १३ वटा दुर्घटना भए । चालु आर्थिक बर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा मात्रै चार दुर्घटनाबाट आठ जनाले ज्यान गुमाएका छन् भने चार जना गम्भीर घाइते भएका छन् । चालु आर्थिक बर्षको भदौ असौज र कात्तिकमा भने कुनै दुर्घटना भएनन् । ट्राफिक प्रहरी प्रमुख आचार्यले आभेरलोड र तिब्रगतीका कारण बढी दुर्घटना हुने बताए । ‘दुर्घटना कम गराउन लागिपरेका छौ, तर सोचेजस्तो परिणाम आइसकेको छैन ।’ उनले भने, ‘अघिल्ला बर्षको तुलानामा चालु आर्थिक बर्षमा कम मात्रै दुर्घटना भएका छन् ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा