उज्यालोको तेस्रो साधारण सभा सम्पन्न

हुमाकान्त पोखरेल, गुल्मी
२३ पौष । उज्यालो बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, रेसुङ्गा नगरपालिका, गुल्मीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष सञ्जिवनी अर्यालद्धारा आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक भगवती थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कुँवरद्धारा प्रस्तुत प्रतिवेदनमा संस्थाको कामलाई सहज बनाउनका लागि हालसम्म छ वटा नीति, नियमावली तथा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । प्रत्येक सेयर सदस्यबाट मासिक एक हजारदेखि पाँच हजारसम्म नियमित बचत भइरहेको छ । सहकारीले तम्घास बजारका व्यापारीलाई मध्यनजर गर्दै दैनिक बचत तथा ऋण कारोबार संचालन गरेको छ । जसमा हालसम्म ८३ जना सदस्य रहेका छन् ।

गत असार मसान्तसम्म संस्थामा दुई करोड २४ लाख ५६ हजार सेयर पूजीँ रहेको छ भने नियमित बचततर्फ एक करोड ७४ लाख ३५ हजार ५७० रुपैँया संकलन भएको छ । चार करोड १५ लाख तीन हजार ५६ रुपैँया ऋण लगानी गरेको सहकारीले कुनै सदस्य मुटु, क्यान्सर, ब्रेन ट्युमर र मृगौलासम्बन्धि बिरामी परेमा उपचार खर्चबापत २५ हजारसम्म उपलब्ध गराउने नीति लिएको छ ।

सहकारीका कोषाध्यक्ष अर्यालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा सहकारीले गत आर्थिक बर्षमा पाँच करोड १४ लाख तीन हजार ३७४ रुपैँया २५ पैसाको कारोबार गरेको उल्लेख छ । जसमा आयतर्फ शेयर पूँजी हिसाबबाट दुई करोड २४ लाख ५६ हजार, बचत÷निक्षेप हिसाबबाट एक करोड ७४ लाख ३५ हजार ५७० रुपैँया २९ पैसा, व्याजबाट २१ लाख ६७ हजार १२२ रुपैँया ५६ पैसा लगायतका शिर्षकबाट आम्दानी भएको छ ।

खर्चतर्फ नगद हिसाबमा २८ लाख ९८ हजार ६०४ रुपैँया ६८ पैसा, कर्जा तथा सापटी हिसाबमा चार करोड १५ लाख तीन हजार ५६ रुपैँया ५३ पैसा, स्थीर सम्पत्ती हिसाबमा ४२ लाख ९५ हजार ८७५ रुपैँया ५५ पैसा लगायतका शिर्षकबाट आम्दानी भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुल्मी –२ ‘क’ बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसालले उज्यालो सहकारीले छोटो समयमा राम्रो प्रगती गरेको भन्दै आगामी दिनमा पनि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । त्यसका साथै भुसालले सहकारीले नियमित बचतका साथसाथै उत्पादनमुकल कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष कुँवरको अध्यक्षता, उपाध्यक्ष सूर्य घिमिरेको स्वागत मन्तव्य एवम् सचिव घनश्याम खरेलको संचालनमा सम्पन्न भएको व्यवस्थापक नविन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा