गुल्मेली समाज जापानद्धारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गुल्मी, २५ पौष ।
गुल्मेली समाज जापान (कान्तो क्षेत्रीय समिति) ले विपन्न तथा जेहेनदार विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले सोमबार मदाने गाउँपालिका –२ बाँझकटेरीस्थित सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न सात विद्यार्थीलाई ३० हजार बराबरको सामग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई कापी, कलम, झोला, जुत्ता, ज्याकेट लगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवरले रोजगारीको शिलशिलामा विदेशमा बसेर पनि आफ्नो केही रकम बचाएर विद्यार्थीहरुलाई सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद् दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्का लगायत बाँझकटेरीका जनप्रतिनिधिहरु, गाउँपालिकाका शिक्षा अधिकृत नारायण पन्थी, बाँझकटेरीस्थित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष माधव भुसालको अध्यक्षता एवम् वडा कार्यालयका कर्मचारी डिल्लिराज भट्राईको संचालनमा सम्पन्न भएको संस्थाका प्रतिनिधि प्रकाश ढकालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा