spot_imgspot_img

आइटिएफ् तेक्वान्दोको तयारी पुरा

गुल्मीटुडे, २९ पुस

गुल्मीमा भोली शनिबार हुने आइटिएफ् तेक्वान्दोको तयारी पुरा भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जानकारी दिइएको हो । जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा सहभागि विवरण, नाम दर्ता लगायतका आवश्यक सबै प्रक्रिया सम्पन्न भइसकेको प्रशिक्षक एवम् लुम्बिनी प्रदेश आइटिएफ् तेक्वान्दो संघका उपाध्यक्ष नवराज खरेलले जानकारी दिए । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता हुन लागेको हो ।

जिल्लामा रहेका ९ डोजाङ्गबाट खेलाडीहरु सहभागी हुने जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष बिरेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार डोजाङ्ग अन्य खेलको क्लब वा समूह सरह हो । गुल्मीमा रुरुक्षेत्र गाउँपालिकाका ३, छत्रकोट गाउँपालिकाको १, मालिका गाउँपालिकाको १, चन्द्रकोट गाउँपालिकाको १, सत्यवती गाउँपालिकाको १, कालीगण्डकी गाउँपालिकाको १ र रेसुङ्गा नगरपालिकाको १ गरि ९ डोजाङ्गबाट सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा जिल्ला आईटीएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज खरेलले तेक्वान्दो प्रतियोगिता सम्बन्धि जानकारी गराउनुभएको थियो । प्रतियोगिता शनिबार ११ बजे रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्धाटन गर्ने कार्यक्रम छ । प्रतियोगीतालाई रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग गर्नेछन् । अन्य खेलप्रेमीहरुले पनि आर्थिक सहयोग गरिरहेको जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीका पूर्व अध्यक्ष भिमलाल ज्ञवालीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जर्नादन घिमिरे, पत्रकार अनिल खत्री लगायतका जिल्ला स्थित क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा