गुल्मीमा दोस्रो आइ.टि.एफ्. तेक्वान्दो प्रतियोगिता सम्पन्न

हुमाकान्त पोखरेल
गुल्मी, माघ ०१ । गुल्मीमा दोस्रो आइ.टि.एफ्. तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । गुल्मी जिल्ला आइ.टि.एफ्. तेक्वान्दो संघद्धारा शनिबार आयोजित जिल्लास्तरिय प्रतियोगितामा नौ डोजाङ्गका दुई सय खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ १५–२० केजी तौल समुहमा नविन घर्ती प्रथम, एलेक्स कुँवर द्धितिय, एरिक कुँवर र भुवन राना तृतिय भएका छन् । २१–२५ केजी तौल समुहमा विवेक न्यौपाने प्रथम, प्रदिप घर्ती द्धितिय, मनिष कुँवर र आर्यन कुँवर तृतिय भएका छन् । २६–३० केजी तौल समुहमा सुमित बुढा प्रथम, रेशम बाठा द्धितिय, मौसम गन्दर्भ र केशव घर्ती तृतिय भएका छन् । ३१–३५ केजी तौल समुहमा शतिष परियार प्रथम, शिव विक द्धितिय र आयुष थापा तृतिय, ४१–४५ तौल समुहमा सुजन बुढा प्रथम, अभिषेक कुँवर द्धितिय, अप्सन बुढा र बिमल गुरुङ्ग तृतिय भएका छन् ।

४६–५० तौल समुहमा समिर श्रेष्ठ प्रथम, ललित विक द्धितिय, अर्जुन घर्ती र उत्सव कडेंल तृतिय भएका छन् । ५१–५५ केजी तौल समुहमा अर्जुन बुढा प्रथम, सचिन राना द्धितिय, अनुप माझकोटी र महेन्द्र बुढा तृतिय, ५५–६० केजी तौल समुहमा नरेन्द्र बुढा प्रथम, जीवन घम द्धितिय, तिलक कुँवर र रञ्जित सारु तृतिय भएका छन् ।

महिलातर्फ २१–२५ तौल समुहमा आसिया पन्थी प्रथम, महिमा ज्ञवाली द्धितिय र प्राप्ती मगर तृतिय भएका छन् । २६–३० केजी तौल समुहमा निरुता घर्ती प्रथम, श्रृष्टी परियार तृतिय र सिन्धु परियार तृतिय भएका छन् । ३१–३५ तौल समुहमा हेमा बुढा प्रथम, स्मृती कुँवर द्धितिय र सृजना कुँवर तृतिय भएका छन् ।

३६–४० केजी तौल समुहमा लक्ष्मी पौडेल प्रथम, गरिमा छन्त्याल द्धितिय र समिक्षा रेग्मी तृतिय भएका छन् । ४१–४५ केजि तौल समुहमा करुणा श्रीस प्रथम, अस्मिता रोका द्धितिय, कृस्तिना कुँवर र निशा अधिकारी तृतिय, ४६–५० केजी तौल समुहमा पुजा राना प्रथम, खिमा राना द्धितिय र सम्झना राना तृतिय एवम् ५६–६० केजी तौल समुहमा सर्मिला गुरुङ्ग प्रथम र सन्ध्या दर्लामी द्धितिय भएका छन् ।

प्रतियोगितामा करुना श्रेष्ठ उत्कृष्ट महिला खेलाडी र सुजन बुढा उत्कृष्ट पुरुष खेलाडी भएको कार्यक्रम गुल्मी जिल्ला आइटिएफ् तेक्वान्दो संघ गुल्मीका अध्यक्ष विरेन्द्र कुँवरले जानकारी दिए । कार्यक्रममा जिल्लामा आइटिएफ् तेक्वान्दो संंघका संस्थापक प्रशिक्षक नवराज खरेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले खेलकुदको माध्यमबाट समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेल, शशस्त्र प्रहरी नायब उपरीक्षक निवन खड्का, संग्राम सार्दुल गुल्मीका सेनानी अनिल खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गरिसिंह महाकिम, पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे, प्रदेश खेलकुद परिषद् सदस्य कृष्ण भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा