नयाँगाउँ रिपाेटर्स युवा क्लवद्वारा सरसफाई

गुल्मी, १४ माघ । गुल्मीकाे धुर्काेट गाउँपालिका -१ नयागाउँस्थित नयाँगाउँ रिपाेर्टस युवा क्लवले सरसफाई गरेकाे छ । `गतिशिल, अनुशासन र युवा एकता हाम्राे अभियान´ भन्ने नाराका साथ क्लवले शनिबार नयाँगाउँका विभिन्न ठाउँहरूमा सरसफाई गरेकाे हाे । नयाँगाउँदेखि पर्यटकीय क्षेत्र झल्याकाेटसम्म सरसफाई गरेकाे क्लवका अध्यक्ष चिरन केसीले बताए ।


कार्यक्रममा बाेल्दै वडध्यक्ष चेतमान कुँवरले सामाजिक क्षेत्रमा क्लवले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै धन्यवाद् दिए । त्यस्तै सडक, विध्यालय, स्वास्थ्य चाैकी लगायतका सबै ठाउँमा सबै नागरिक जिम्मेवार ढंगले सरसफाईमा लाग्नुपर्ने बताए । नयाँगाउँ स्वास्थ्य चाैकीका इन्जार्ज भेष बहादुर जिसीले सरसफाईबाट सर्ने र नसर्ने राेगहरूबाट बच्न सकिने बताए । क्लवले शुक्रबार नगाउँमा प्राथमिक विध्यालय स्तरिय हाजिरिजवाफ र कुर्सीदाैड प्रतियाेगिता पनि सम्पन्न गरेकाे थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा