गुल्मी, १५ माघ ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा एकदिवसीय अनुसन्धान प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईको आयोजनामा शुक्रबार स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिवसीय अनुसन्धान नजिता प्रबोधिकरण सम्बन्धि कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एम्.फिल्. र पि.एच्.डी.मा अध्ययनरत प्रध्यापकहरुले आ–आफ्नो अध्ययनको क्रममा हाँसिल गरेका अनुसन्धानका नजिताहरुको आदान–प्रदान गरेका थिए । जसमा अंग्रेजी विभागबाट प्रध्यापक बुद्धराज न्यौपाने, प्रध्यापक निलम बन्जाडे र अर्थशास्त्र विभागबाट खिमानन्द भण्डारीले अनुसन्धान नतिजाहरुको प्रबोधिकरण गरेका थिए ।
कार्यक्रममा एम्.एड्. तहका विद्यार्थीहरुले अनुसन्धान सम्बन्धि जिज्ञासा र सुझावहरु राखेका थिए । कार्यक्रम क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईका संयोजक उपप्रध्यापक रमाकान्त पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख हरी बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा उप–प्रध्यापक रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रध्यापक र विद्यार्थी गरी ४५ जनाको सहभागिता रहेको थियो ।