जन्मदिनमा शैक्षिक सामग्री प्रदान

गुल्मी, १६ माघ ।
आजकाल जन्मदिन केक काटेर मनाउने प्रचलन बढ्दै गइरहेको छ । तर गुल्मीको धुर्कोट गाउँपालिका –७ वाग्लाकी एक शिक्षिकाले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर आफ्नो जन्मदिन मनाएकी छिन् । वाग्ला माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका सीता घिमिरेले आफु र आफ्नो श्रीमान देविराम घिमिरेको जन्मदिनमा सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा समिक्षा गिरीलाई आइतबार विद्यालय पोशाक, एक दर्जन कापि र पेन्सिल प्रदान गरेकी हुन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा एकजनालाई भएपनि सहयोग गर्ने उदेश्यले शैक्षिक सामग्री प्रदान गरेको घिमिरेले बताइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा