गुल्मीमा लागू तथा मनाेद्विप अैाषधी नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

गुल्मी, १७ माघ ।
गुल्मीमा लागू तथा मनाेद्विप अैाषधी नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । अाैषधी व्यवसायी संघ लुम्बिनी प्रदेशकाे तेस्राे स्थापना दिवसकाे अवसरमा संघकै गुल्मी जिल्ला शाखाकाे बुधबार आयाेजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयले लागु तथा मनाेद्विप अाैषधी नियन्त्रण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले लागु आैषध नियन्त्रणकाे लागि सबैले हातेमालाे गर्नुपर्ने बताए । कार्यक्रममा आैषधी व्यवसायी संघका गुल्मीका अध्यक्ष फर्सुराम पाण्डेले जिल्लाका कुनै पनि व्यवसायीले ताेकिएकाे मूल्यभन्दा बढी रकम नलिएकाे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराई, गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या, जिल्लाका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, आैषधी व्यवसायी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा