गुल्मी, माघ १८ ।
गुल्मीमा आगलागी पीडितलाई २५ हजार सहयोग गरिएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारास्थित पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले पिपलधाराकै गोविन्द बस्नेतको परिवारलाई मंगरबार सहयोग गरेको हो । बस्नेतको घरमा गत मंसिर २८ गते आगालागी भएको थियो । जसमा नगद, गरगहना, लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री जलेर नष्ट भएका थिए ।
संस्थाका पूर्व अध्यक्ष कमल जिसी, केन्द्रीय समहासचिव मेहर सिंह बस्नेत, कोषाध्यक्ष प्रितम खड्का तथा स्थानीय सचिव हेम थापा लगायतको उपस्थितिमा परिवारलाई रकम हस्तान्तरण गरिएको अध्यक्ष अमृत कुमार केसीले जानकारी दिए । पिपलधारा चौतारी सम्पर्क समाज विश्व सञ्जाल गुल्मीले यसभन्दा अगाडी पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले पिपलधारामा एम्बुलेन्स संचालन, अगालागी एवम् विभिन्न रोगबाट पीडित भएकाहरुलाई नगद सहयोग, जनचेतनाका लागि विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने लगायतका काम गर्दै आएको अध्यक्ष केसीले बताए ।