भुवन भुसाल, काठमाडौ
१९ माघ । रेसुङ्गा बिमानस्थलमा नियमित उडानको आग्रह गर्दै संघीय सांसद डा. चन्द्र भण्डारी र रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती संग भेटघाट गरेका छन । बिहीबार मन्त्रालयमा मन्त्री र टिम संग कुराकानी गर्दै वायुसेवा संचालक संघका प्रवक्ता समेत रहेका कांग्रेस नेता योगराज कंडेल समेतको टिमले तत्काल बिमानस्थलमा कर्मचारी भर्ना गरि नियम्मित संचालनको आग्रह गरेका छन । भेटका क्रममा नेपाली कांग्रेसका नेता एवं संघिय सांसद डा. भण्डारीले भर्खरै परिक्षण उडान सम्पन्न भएको रेसुङ्गा विमान स्थलमा नियमित उडानका निम्ति कर्मचारी व्यवस्थापन गरी उडान सुचारु गर्न आग्रह गरेका छन ।
सांसद भण्डारीले निजि क्षेत्रको विमान भन्दा पहिला सरकारी वायुसेवाको विमान बाट सेवा दिन पाए राम्रो हुन्थ्यो भन्दै रेसुङ्गा बिमानस्थलमा सरकारी बायुसेवाको उडानको लागि मन्त्री किराँती संग माग गरेका हुन । जवाफमा मन्त्री किराँतीले नेपाल बायुसेवा निगमका आन्तरिक तर्फका २ वटा मात्रै विमान रहेकाले कठिनाई हुने तर सकेसम्म सोही बिमानलाई गुल्मी उडानको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन । छलफलकै क्रममा मन्त्री किरातीले मन्त्रालय मातहतका निकायलाई तत्काल गुल्मी जिल्लामा अवस्थित रेसुङ्गा बिमानस्थलमा कर्मचारी व्यस्थापन गरि उडानको व्यस्वस्था मिलाउन निर्देशन दिएका छन ।