धुर्काेटमा ट्याक्टरबाट लडेर एककाे मृत्यु

गुल्मी, माघ, २७ । गुल्मीमा ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधाराका २२ बर्षिया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शुक्रबार दिउँसो साढे चार बजे लु ४ त ७६५६ नम्बरको ट्याक्टर नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै ट्याक्टरबाट सुवास लडेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवको पोष्ट मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा