गुल्मी, २८ माघ ।
गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना एवम् शुभलक्ष्मी फर्माको आर्थिक एवम् प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शनिबार सम्पन्न शिविरमा २४० जनाले सेवा लिएका छन् । जसमा ६० जनाले भिडियो एक्सरेको सेवा लिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । शिविरमा मुटु, इसिजी, हाडजोर्जी लगायतका रोगहरुको जाँच गरी औषधी प्रदान गरिएको थियो । शिविरमा भगवती युवा क्लव र हाडहाडे समाजसेवी युवा क्लवले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।