नेपाल कर्मचारी महासंघ, रेसुङ्गा नगरपालिकाकाे सम्मेलन सम्पन्न

गुल्मी , ०३ फागुन ।
नेपाल कर्मचारी महासंङ, रेसुङ्गा नगरपालिका गुल्मीकाे प्रथम नगर भेला सम्पन्न भएकाे छ । बुधबार नेकपा माअाेवादी केन्द्रकाे जिल्ला कार्यालयमा सम्पन्न भेलाले बालकृष्ण बुढाथाेकीकाे अध्यक्षतामा १५ सदस्यीय नेपाल कर्मचारी महासंघ, रेसुङ्गा नगर-कमिटीकाे गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा बम बहादु विक, सचिवमा खुमानन्द आचार्य, सह-सचिवमा क्षितिज न्याैपाने, काेषाध्यक्षमा लक्ष्मी ज्ञवाली लगायत अन्य सदस्यहरू रहेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्रका गुल्मी जिल्ला सचिव अशाेक थापाले संघीय लाेकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनकाे लागि कर्मचारीहरूकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताए । कार्यक्रममा माअाेवादी केन्द्र गुल्मी -१ (क) का संयाेजक गीता थापा, प्रेस सेन्टरका केन्द्रीय सदस्य भरत पाण्डे, अखिल क्रान्तिकारी गुल्मी जिल्ला इन्चार्ज भरत चन्द, माअाेवादी केन्द्र रेसुङ्गा नगरकमिटी उपाध्यक्ष सीता विश्वकर्मा , सचिव भरत पन्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा