प्रजातन्त्र दिवसको अवसरमा काँग्रेस वस्तुको गाउँभेला सम्पन्न

गुल्मी, ०७ फागुन । नेपाली काँग्रेस धुर्कोट गाउँपालिका –५ वस्तुको गाउँभेला सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको भेलामा नेपाली काँग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोध गर्दै डाक्टर भुसालले प्रजातन्त्र प्राप्तीको लागि काँग्रेसले प्रमुख भूमिका खेलेको बताउदैँ यसको रक्षाको लागि पार्टी एकढिक्का भएर लाग्नुपर्ने बताए । नेपालका कम्युनिष्टहरुबाट लोकतन्त्रको विकास र रक्षा सम्भव नभएको बताउँदै काँग्रेसको छिट्टै सत्तारोहण हुने भण्डारीको बताए ।

भेलाले यही फागुन ३ गते काठमाडौमा ग्यास चुहावट भएर घाइते भएका गुल्मी –१ का सासंद एवम् काँग्रेस नेता चन्द्र भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँकी आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली प्रकट गरेको थियो । कार्यक्रममा पार्टीका जिल्ला उप–सभापति शिव बहादुर खत्री, महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी, प्रदेश सदस्य रविन्द्र घिमिरे, पूर्व वडाध्यक्ष ढुण्डिराज शर्मा भण्डारी, पार्टीका गाउँ कमिटी सदस्य नारायण प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली काँग्रेस वस्तुका पार्टी सभापति युवराज पाण्डेको अध्यक्षता, उप–सभापति लेखनाथ भण्डारीको स्वागत मन्तव्य एवम् सचिव बैकुण्ठ पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा