गुल्मीमा चैतकाे अन्तिम हप्ता `गुल्मी महाेत्सव´ गरिने

हुमाकान्त पाेखरेल, गुल्मी ।

१३ फागुन । गुल्मीमा आगामी चैतकाे अन्तिम साताबाट `दाेस्राे गुल्मी महाेत्सव´ हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सकाे दाेस्राे अधिवेशन तथा तेस्रो साधारण सभामा चैतकाे अन्तिम साताबाट महाेत्सव हुने जानकारी दिइएकाे हाे । महाेत्सव संचालनकाे लागि रेसुङ्गा नगरपालिकामा निवेदन दिइएको र महाेत्सव गर्ने माैखिक सहमति नगरपालिकाबाट भएकोले जिल्लामा महाेत्सव गर्ने निश्चित भएको संस्थाका सदस्य सूर्य घिमिरेले बताए । एसइइ पछिकाे प्रयाेगात्मक परीक्षाकाे अवस्थालाई हेरेर चैतकाे २४ वा २६ गतेदेखि वैशाख ४ गतेसम्म महाेत्सव संचालन गर्न लागिएकाे घिमिरेले बताए । गुल्मी जिल्लाकाे कला, संस्कृति, धर्म एवम् पर्यटकीय स्थलकाे प्रचारप्रचार गर्दै पर्यटन प्रवद्वन गर्ने उदेश्यले महाेत्सवकाे आयाेजना गरिएको आयाेजकले जनाएको छ । गुल्मी उध्धाेग बाणिज्य संघको आयाेजनामा चाैथाे महाेत्सव सम्म भएपनि चेम्बर अफ कमर्शकाे आयाेजनामा पहिलाे महाेत्सव सम्पन्न भएकोले अब दाेस्राे महाेत्सव गर्न लागिएकाे गुल्मी चेम्बरले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा