गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गा पाण्डे निर्वाचित

गुल्मी, १३ फागुन
गुल्मी चेम्बर अफ कमर्श, गुल्मीले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न संस्थाको दोस्रो अधिवेशन एवम् तेस्रो साधारण सभाले दुर्गा पाण्डेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्षमा रेमलाल पाण्डे र सीता विक, महासचिवमा यज्ञ प्रसाद पाण्डे, सचिवमा प्रेम घिमिरे, सुर्य घिमिरे र हरिकिरण ठकुरी, कोषाध्यक्षमा युवराज पाण्डे र सह–कोषाध्यक्षमा कमल अर्याल लगायत अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका सल्लाहकार कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । अध्यक्ष पाण्डे यसभन्दा अगाडी एक कार्यकाल गुल्मी उद्योग बाणिज्य संघको समेत अध्यष भई काम गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा