सिद्धबाबाका ३७ बर्ष सधै अब्बल

टोपलाल अर्याल, गुल्मी, १५ फागुन
सिद्धबाबा माविकोे ३७ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । कार्यक्रको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्रीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी समन्वय प्रमुखसहित प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, नगरका सवै वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो । सोहि कार्यक्रममा चन्दादाता, पत्रकार, खेलाडी लगायतलाई सम्मान गरिएको थियो ।

रेसुङ्गा नगरपालिका–८, तम्घास, टुनिखोलाको बचत घरबाट स्थापित सिद्धबाबा माध्यमिक विद्यालयले ३७ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा मनाएको हो । यो बिद्यालयले नगर एवं प्रदेशमा मात्र उत्कृष्ट नभई राष्ट्रिय स्तरमै प्रथम हुन सफल भएको छ । भने अन्तर्राष्ट्रिस्तरको क्ष्क्ब् अवार्डसमेत प्राप्त गरेको छ । साथै संयुक्त अधिराज्य ९ग्प्० को हकिङ्गस् नगरपालिकाको चर्चित स्कूल र सिद्धबाबा माध्यमिक विद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने उदेश्यले भगिनी सम्बन्ध गाँसिएको छ ।

विद्यालय युगानुसार राष्ट्रका लागि योग्य र नैतिकवान नागरिक तयार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष तिल बहादुर थापाले बताए । उनले बिद्यालयको श्रीबृद्धिको लागि थुप्रै अभिभावक तथा शिक्षाप्रेमीहरुको योगदानको उच्च प्रसंसा गरे । बसाईसराईले बिद्यालयहरु रित्तो बन्दै गइरहेको अवस्थामा सिद्धबाबा माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा १५ सय २२ जना विद्यार्थीहरु अध्ययनरत छन् । हाल विद्यालयमा ६ रोपनी ११ आना १ पैसा ४ दाम जग्गा छ । उक्त जग्गामा ६ ओटा भवनका ५७ कोठाहरु छन् ।

हरेक बिद्यामा उत्कृष्ट
यस वर्ष पनि विद्यालयले नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डमा प्रथम स्थान हासिल गरेको छ । साथै विभिन्न संघसंस्था एवम् क्लबहरुद्वारा आयोजित खेलकूद तथा अतिरिक्त क्रियाकलापमा अग्रस्थान प्राप्त गरेको छ । ब्रिटिश काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कूल अवार्डअन्तर्गत २०२०–२३ को अवार्ड यस विद्यालयले हासिल गर्न सफल भएको बिद्यालयका सहायक प्रध्यानाध्यापक युवराज अर्यालले बताए । यस विद्यालयका अङ्ग्रेजी शिक्षक टीकाराम खड्का लुम्बिनी प्रदेशस्तरीय मूल्याड्ढनमा उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको छ । यस विद्यालयका छात्र प्रेमकुमार टण्डन स्क्र्याबल प्रतियोगितामा जिल्लास्तरमा छनौट भई राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन सफल भएको अर्यालले बताए ।

विद्यालयका भावी कार्यक्रमहरु

सिद्धबाबा माविले प्राविधिक धारअन्तरगत कक्षा ९–१२, कम्प्युटर इञ्जिनियरिड्ड विषय अन्तरगत विद्यार्थीहरुलाई लक्षित गरी “पढ्दै; कमाउँदै” कार्यक्रमको शुरुवात गर्ने । विद्यालयको जग्गा थप गर्ने, कम्प्युटर इञ्जिनियरिङ्ग भवनको भुइँ तलालाई पूर्ण गर्ने, विद्यार्थीको सिकाइलाई दीगो, व्यवहारिक एवम् सिपयुक्त बनाउन विभिन्न उपायहरु अवलम्बन गरिने प्रध्यानाध्यापक डोरबिक्रम श्रीसले जानकारी दिए ।

त्यस्तै अभिभावकको मागलाई मध्यनजर राख्दै वस सेवालाई विस्तार गर्ने, कक्षा ९ देखि लेखा (Account) र कक्षा ११ देखि Hotel Management विषय थप गर्ने, कम्प्युटर इञ्जिनियरिङ भवनमा छुट्टै ICT ल्याब व्यवस्थापन गर्र्नेे, शिक्षकको पेशागत विकास कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य रहेको प्रध्यानाध्यापक श्रीसले बताए ।

विद्यालयको भौतिक पक्षलाई सबल बनाउन ४ वटा कक्षाकोठा थप र शौचालय थप निर्माण गर्ने, विद्यालयको कम्पाउण्डलाई व्यवस्थित गर्ने, नयाँ भवनको अगाडिको खोल्सी व्यवस्थापन गर्ने, पुस्तकालयमा हालको पुस्तक सङ्ख्यामा १ हजार थान पुस्तक थप गर्ने, चमेना गृह एवम् छात्रावासको व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाउने, सभाहल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने र प्रवेशद्वार निर्माणको प्रक्रिया अगाडि बढाउने बिद्यालयको भावी लक्ष्य रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा